आरोग्य प्रतिष्ठानमा थपियो तीनवटा डायालासिस मेसिन

376
Shares

IMG_5118नेपाली हेल्थ / ललितपुर – पुल्चोक स्थित आरोग्य प्रतिष्ठानमा तीनवटा मिर्गौला डायलासिस मेसिन थपिएको छ । यो तीनवटा डायलासिस मेसिन अष्ट्रेलियन सरकारले उपलव्ध गराएको हो ।

प्रतिष्ठानमा सोमबार भएको विशेष कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लान ह्वाइटले मेसिन हस्तान्तरण गरेका थिए । उनले सोही अवसरमा तीनवटा मेसिनको उद्घाटन समेत गरे ।

मिर्गाैलाका विरामीहरुको सहज उपचारका लागि तीन वर्ष अघि स्थापित फाउन्डेसनमा अहिले १४ वटा डायलासिस मेसिन छन् । ती मेसिनबाट हप्ता डेढ सय बढीले सेवा लिने गरेको प्रतिष्ठानका महासचिव मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

IMG_5078

श्रेष्ठले सरकारले तोकेको दरमा सेवा उपलव्ध गराएको तथा उपत्यकाको केन्द्र भागमा रहेको कारणले विरामीको चाप बढेको बताए । उनले विरामीकै चापका कारण निकट भविस्यमै थप सात वटा मेसिन ल्याउन लागेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *