आरोग्य प्रतिष्ठानमा थपियो तीनवटा डायालासिस मेसिन

IMG_5118नेपाली हेल्थ / ललितपुर – पुल्चोक स्थित आरोग्य प्रतिष्ठानमा तीनवटा मिर्गौला डायलासिस मेसिन थपिएको छ । यो तीनवटा डायलासिस मेसिन अष्ट्रेलियन सरकारले उपलव्ध गराएको हो ।

प्रतिष्ठानमा सोमबार भएको विशेष कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लान ह्वाइटले मेसिन हस्तान्तरण गरेका थिए । उनले सोही अवसरमा तीनवटा मेसिनको उद्घाटन समेत गरे ।

मिर्गाैलाका विरामीहरुको सहज उपचारका लागि तीन वर्ष अघि स्थापित फाउन्डेसनमा अहिले १४ वटा डायलासिस मेसिन छन् । ती मेसिनबाट हप्ता डेढ सय बढीले सेवा लिने गरेको प्रतिष्ठानका महासचिव मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

IMG_5078

श्रेष्ठले सरकारले तोकेको दरमा सेवा उपलव्ध गराएको तथा उपत्यकाको केन्द्र भागमा रहेको कारणले विरामीको चाप बढेको बताए । उनले विरामीकै चापका कारण निकट भविस्यमै थप सात वटा मेसिन ल्याउन लागेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *