जीका भाइरसको प्रकोप पछि गर्भवती महिलालाई यात्रामा ननिस्कन सुझाव

एजेन्सी – अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडीसी)ले गर्भवती महिलाहरुलाई बारबाडोस, बोलिभिया, इक्वेडर, गुवाडेलुप, सेन्टमार्टिन, गुयना, केपभर्ड र सामोवा लगायतका मुलुकको यात्रा नगर्न सुझाव दिएको छ । ती मुलुकमा जीका भाइरसको संक्रमण बढेको भन्दै गर्भवती महिलालाई यात्रामा ननिस्कन सुझाव दिएको हो ।

सीडीसीले एक साता अघि मात्रै गर्भवती महिलालाई ब्राजिल, कोलम्विया, एलसाल्भेडर, फ्रेन्च गुयना, ग्वाटेमाला, हैटी, हुन्डुरस, मार्टिनिक मेक्सिको, पनामा, पाराग्वे, सुरिनेम, भेनेजुवेला, र पोर्यत्रोरिकोको यात्रा नगर्न भनेको थियो । उसले ती देशको यात्रामा गइसकेका गर्भवती महिलालाई चिकित्सकको कडा निगरानीमा राखी स्क्रिनिङ गर्न सुझाव दिएको छ ।

सीडीसीले अहिले विश्वका विभिन्न मुुलुकमा फैलिएको जीका भाइरसको अनुगमन गर्न यस्तो कदम चालेको जनाएको छ ।

के हो जीका भाइरस ?

jika virus

जीका भाइरस लामखुट्टेबाट लाग्ने रोग हो । संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्छ । यसका लक्षणहरु ज्वरो आउने, जोर्नी दुख्ने, आँखा रातो हुने आदि हुन् । तर ८० प्रतिशत संक्रमित मानिसमा यस्ता केही लक्षणहरु देखिएको छैन् ।

जीका भाइरसको लक्षण एकदमै बिरलै देखिने स्नायु रोग माइक्रो सेफालीसंग सम्वन्धीत भएको अनुसन्धानकर्ताहरु बताउछन् । माइक्रो सेफाली त्यस्तो रोग हो जसले जन्मेको शिशुको टाउको सानो हुँने र पछि यसले पूर्ण विकासमै नकारात्मक असर पार्ने हुन्छ ।

उता जीका भाइरसको संक्रमण फैलिएको भन्दै ब्राजिलले यसअघि नै महिलालाई गर्भवती नहुन सुझाव दिएको थियो । ब्राजिलमा करीब ३ हजार ७ सय जनामा जीका भाइरसको संक्रमण र माइक्रो सेफालीको संक्रमण देखिएको थियो । सीडीसीले पनि ब्राजिलमा माइक्रो सेफाली भएका शिशुमा परीक्षण गर्दा माइक्रो सेफाली र जीका भाइरसको सम्वन्ध फेला जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *