‘टेष्टट्युव’बाट प्राकृतिक बन्दै ‘आइभीएफ’ पद्धती

ivf

एजेन्सी / लण्डन – बेलायतको एक क्लिनिकले प्राकृतिक तरिकाबाटै आइभीएफ( इनभिट्रो फर्टिलाइजेसन ) पद्धतीको विकास गरेको छ । अहिलेसम्म टेष्टट्युव पद्धतीद्धारा आइभिएफ गरिएको थियो ।

चिकित्सकहरुका अनुसार नयाँ पद्धतीमा एक क्याप्सुलमा पुरुषको शुक्रकिट र महिलाको अण्डा राखी त्यसलाई पाठेघर भित्र पठाइन्छ । पाठेघर भित्रै भु्रण बन्ने प्रक्रिया ( फर्टिलाइजेसन )को विकास गराइन्छ । अहिलेसम्मको पद्धतीमा पुरुषको शुक्रकिट र महिलाको डिम्वा झिकेर सिसाको ट्युव वा प्लेटमा राखेर शरीर बाहिरै भ्रुणको विकास गरी पाठेघरमा हालिने गरिन्थ्यो ।

नयाँ पद्धतीको आविस्कारक प्रोफेसर डाक्टर निक म्याकलनले विकसित भईरहेको भ्रुणलाई शरीर भित्रै बढी समयसम्म राख्ने र भ्रुणलाई प्राकृतिक रुपमै विकास हुन दिने उद्धेश्यले यस्तो पद्धतीको विकास गरिएको बताए । उनले प्राकृतिक फर्टिलाइजेसन प्रक्रियाले स्वस्थ गर्भधारण हुन मद्धत गर्ने बताए ।

प्रा.डा. म्याकलनले यो विधि सिमित विरामीका लागि मात्रै प्रयोगमा ल्याएको बताए । उनले नयाँ पद्धतीलाई नियमित गर्न कत्तिको सस्तो पर्छ भन्ने कुरा एकिन भइ नसकेको बताए । अहिले यो पद्धतीमा गर्भधारण गर्न करीब ७ सय युरो लाग्ने प्राडा म्याकलन बताउछन् ।

त्यसो त यो नयाँ आइभीएफ पद्धतीलाई बेलायतको संस्था एचएफइएले स्विकृत गरिसकेको छ । म्याकलनका अनुसार यो तरिका विभिन्न देशका करीब २५० महिलामा परीक्षण समेत भइसकेको छ । उनले यसको नतिजा पुरानो आइभीएफ (टेष्टट्युव)जत्तिकै उत्कृष्ठ रहेको दावी समेत गरे ।

केही अध्ययनहरुले के देखाएको छ भने टेष्टट्युव बेबी प्रकृयामा विकसित भइरहेको भु्रण शरीर बाहिर हुँदा भ्रुणमा बंषाणु र अन्य स्वास्थ्य समस्या हुने बढी जोखिम हुन्छ ।तर यो विधिमा फ्रटिलाइजेसन भित्रै गराइए पनि विकास भइरहेको भु्रणलाई बाहिर निकाली स्वास्थ्य जाँच गर्न जरुरी हुन्छ र त्यसलाई पुर्न पाठेघरमा राखिन्छ ।

एचएफइएले यो प्रकृया एकदमै सुरक्षीत र प्रभावकारी रहेको बताएको छ । तर यो प्रकृयाको धेरै संख्यामा परीक्षण तथ्यांक नआइसकेकोले यो प्रकृया पुरानो आईभीएफ भन्दा बढी या कम प्रभावकारी रहेको छ भन्ने पुष्टी हुन बाकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *