थाह नभएर हो कि ? ‘हेड इन्जुरी’ को उपचारमा दिइने एक लाख रुपैयाँ लिन कोही गएन !

नेपाली हेल्थ / काठमाडौँ – टाउकोमा गम्भीर चोट (हेड इन्जुरी) लागेका विपन्न नागरिकको उपचारमा सरकारले एक लाख रुपैया दिने व्यवस्था छ । तर चालु आर्थिक बर्षको पहिलो चौमासिकसम्म सो उपचारका लागि खर्च खोज्न कसैको निवेदन परेको छैन । नयाँ मात्रै होइन पुरानो केस पनि देखिएको छैन ।MoHP-Nepal

विपन्न नागरिक औषधि उपचार कोषको जिम्मेबारी सम्हालेका स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले अनुदान उपलव्ध गराउने १० वटा जटिल रोगमध्ये ‘हेड इन्जुरी’मा एउटा पनि निवेदन नपरेको जनाएको छ ।निवेदन परेको भए सूचीकृत अस्पतालमा उपचार गराउँदा लागेको खर्चमध्ये एक लाख रुपैयाको सोधभर्ना सिधै अस्पताललाई उपलव्ध गराउने थियो ।

महाशाखाका कोष हेर्ने स्रोत व्यक्ति प्रकाश घिमिरेका अनुसार साउन, भदौ, असोज, कात्तिक महिनामा एउटा पनि निवेदन नपरेको बताए । उनले नयाँ मात्रै नभई हेड इन्जुरीको पुरानो केस पनि नभएको बताए ।

सरकारले विपन्नको उपचारका लागि क्यान्सर, मुटु, मिगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिक्कल सेल एनिमिया, हेमोडाइलासिस, पेरिटोनियल लगायतका समस्यामा उपपचार सहयोग गर्न खर्च दिने गरेको छ । मिर्गौलाकोसम्वन्धी बाहेक अन्य रोगका लागि एक लाख रुपैया सम्म अनुदान उपलव्ध गराउदै आएको छ । मृगौलामा भने डाइलासिस, प्रत्यारोपण र प्रत्यारोपण पछिको औषधि गरी करीब ८ लाख २० हजार सम्मको अनुदान दिने गरको छ ।

दैनिक रुपमा हुने दुर्घटनाबाट थुप्रै मानिसको टाउकोमा गम्भीर चोट लाग्ने गरको छ । तर सरकारी निकायमा निवेदन नपर्नु अचम्मको विषय बनेको स्वयं सरकारी अधिकारीहरु बताउछन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *