लौ आयो ! खानेकुरा ‘स्क्यानिङ’ गरी ‘क्यालोरी’ बताइदिने यन्त्र

MoS2 Template Master

नेपाली हेल्थ – हुन त शरीरको ‘स्क्यानिङ’ गरी रोग पत्ता लगाउने प्रविधि आएको अहिले होइन । समुद्रको गहिराई कति छ भनेर नाप्ने यन्त्र होस या आकासमा पिलपिल गर्ने तारा कति टाढा छ भनेर पत्ता लगाउने प्रविधिको विकास भएको पनि बर्षौ भइसक्यो तर आफ्नै थाल वा प्लेटमा राखिएको खानामा कति क्यालोरी शक्ति दिन्छ भनेर कसैले नाप्ने खोजी गरेको थिएनन् ।

फ्रान्सका एक व्यावसायिक घरानाका मालिकलाई यस्तो विपत्ती आइलाग्यो कि आफ्नो कल्कलाउदो छोरीलाई टाइप १ किसिमको मधुमेहले समायो । रेमी बोनासील नामका ति व्यावसायी छोरीले मिठा मिठा परिकार मनलाग्दो किसिमले खाने गर्नाले मधुमेहले समातेको चिकित्सकले बताएका थिए । खानपानमा विचार नपुरयाउदा कलिलो उमेरमै छोरीलाई मधुमेहले च्यापेपछि बोनासीलको ध्यान पुग्यो खानाको क्यालोरी नाप्ने यन्त्र बनाउने तर्फ ।

हालै अमेरिकाको लास भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक सो मा सार्वजनिक गरिएको र चर्चित भएको डाइट सेन्सर नामक यन्त्र उनै फ्रेन्च व्यावसायी बोनासीलले डिजाइन गरेका थिए । सो यन्त्रले पिलेटमा राखेको खानामा कति क्यालोरी शक्ति छ भन्ने कुरा तत्काल जानकारी दिन्छ । चर्चित यसकारण भयो कि सो मा आएका व्यक्तिको आँखै अगाडी दही, चीज, पाउरोटी, गेडागुडीमा हुने क्यालोरीको मापन गरि रिपोर्ट मोवाइलमा पठाइरहेको थियो ।

यो यन्त्रण्ले इन्फ्रारेड रे भनिने विकिरण फाल्छ जुन खाना र यो यन्त्रबीच परावर्तन भएर खानाको परमाणिक संरचना पत्ता लगाउछ । र यहि परमाणिक संरचनाका आधारमा खानाको क्यालोरी निर्धारित भई त्यो सन्देश तपाईँको मोवाइल फोनमा आउछ ।

फ्रेन्च व्यावसायीका अनुसार तासको गड्डी भन्दा सानो आकारको सो यन्त्रमा एक परमाणुवीक सेन्सर छ जसले खानालाई स्क्यान गरी त्यसमा भएको क्यालोरीको जानकारी मोवाइलमा पठाउछ । उनले भनेकै छन् कि यो यन्त्रे आफ्नो शरीर र खानामा ध्यान पुरयाउनेहरुका लागि लक्षित हो ।

बोलसिनका अनुसार यो यन्त्र यहि बर्ष सर्वसाधारणका लागि बजारमा ल्याउने योजना गरिएको छ । अहिले सार्वजनिक गरिएको यो यन्त्रमा खानाको आयातन मापन गर्ने सेन्सर नभएको हुँदा खानाको तौल भने आफै हाल्नुपर्ने बोनासिल बताउछन् ।

– एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *