स्वास्थ्यबाट श्रीकृष्ण अर्थमा पुगे

नेपाली हेल्थ/ काठमाडौँ – स्वास्थ्य मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल अर्थमन्त्रालयमा सरुवा भएका छन् । सामान्य प्रशासन मन्त्रालयले आइतबार ११ जना सहसचिवको काज सरुवा गर्ने क्रममा सहसचिव नेपाल समेत परेका हुन् ।

श्रीकृष्ण नेपाल
श्रीकृष्ण नेपाल

स्वास्थ्यमा रहँदा उनी आन्तरिक प्रशासन समूह अन्तर्गत मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न खोलिएको निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक थिए ।

सरकारले तीन बर्ष अघि देखी नै सुरु भनेको स्वास्थ्य बीमा अहिलेसम्म ल्याउन सकेको छैन । बीमा सञ्चालन गर्ने समितिमा कार्यकारी निर्देशक रहेका सहसचिव नेपालले पनि यसलाई अघि बढाउन सकिरहेका थिएनन ।

बीमा अध्ययनका लागि भन्दै आधा दर्जन बढी देश घुमेका सहसचिव नेपाल बीमा कार्यान्वनय गर्ने बेलामा अर्थमा पुगेका छन् । त्यसैपनि ढिला भएको बीमा कार्यक्रम अब नयाँ आउने कार्यकारी निर्देशकले फेरी केही देश घुम्दा र अध्ययन गर्दा नै बजेट र समय सकिने मन्त्रालयका कर्मचारीहरु ठोकुवा गर्छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *