एचआईभी र एड्सबारेको तथ्य

आज डिसेम्बर १, विश्व एड्स दिवस, यसै सन्दर्भमा  संसार भर बढ्दो अवस्थामा रहेको एचआईभी सङ्क्रमण र एड्सबारे केही तथ्यहरु यहाँ प्रस्तुत गरेको छु  ।

डा.एन्ड्रयू ट्रोटर ( एचआईभी बिशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल)
डा.एन्ड्रयू ट्रोटर -एचआईभी बिशेषज्ञ( ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल)
  • एचआईभीले शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक कोषिकाहरु सीडिफोर लाई नाश गर्छ । एचआईभी सङ्क्रमण भएर सीडि फोर कोषहरूको संख्या २०० भन्दा कम भएमा वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिहरूमा मात्र देखिने किसिमका सङ्क्रमण देखिएमा मात्र त्यस अवस्थालाई एड्स भनिन्छ।
  • सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी समक्रमण भएको व्यक्ति पनि अब स्वस्थ व्यक्ति सरह वर्षौं एड्स नभइ बाँच्न सक्छन् ।
  • अँगालो मार्दा, एउटै रुमालको प्रयोग गर्दा, जुठो खाँदा एचआईभी सर्दैन। रक्तदानको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभी र अन्य जाँच गरिने हुँदा अब यो रोग सर्ने सम्भावना हुँदैन। तर असुरक्षित यौनसम्पर्क, लागू औषधलिन एउटै सुईको प्रयोग र राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।
  • एचआईभी सङ्क्रमण भए नभएको जान्ने एउटै मात्र तरिका भनेको रगतको परीक्षण हो। त्यसैले शंका लागेको छ भने रक्त परीक्षण गरी चाँडै पत्ता लगाएर उपचार गर्नु उत्तम हुन्छ।
  • एचआईभी पोजिटिभ भएका व्यक्तिहरूको रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा क्षयरोग, क्यान्डीडीयासीस, न्युमोसिस्टीस न्युमोनिया जस्ता रोगहरू हुने सम्भावना धेरै हुन्छ। तर एचआईभीका औषधीहरूको प्रयोग र ती सङ्क्रमणबाट बचाउने औषधीहरूको प्रयोगले त्यो सम्भावनालाई कम गर्न सकिन्छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

  • नेपाल सरकारले एचआइभी संमक्रमणका औषधीहरू नि:शुल्क वितरण गर्ने गर्छ। त्यस्तै यो सम्बन्धी रक्तपरिक्षण सेवाहरु पनि नि:शुल्क प्रदान गरीरहेको छ। तरपनि यो सबै सङ्क्रमितहरूको लागि पर्याप्त छैन। साथै सङ्क्रमितहरुलाई यसको औषधी सेवा सँगै आम जनमानसमा यो रोग सम्बन्धी चेतना फैलाउनु अपरिहार्य छ ।
  • हामी आफूपनि सजग भएर यस रोगको बारेमा जानकारी दिने र लिने गरी एचआइभी र एड्सको विरुद्धको अभियानमा सहभागी हुनु जरुरी छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *