अल्कामा स्वस्थ बच्चा प्रतियोगिता : तिम्सेना र शाक्य बने प्रथम

DSC_0473

नेपालीहेल्थ/ललितपुर १२ मंसिर-

जाउलाखेलस्थित अल्का अस्पतालद्धारा शनिबार आयोजित स्वस्थ बच्चा प्रतियोगितामा सार्थक तिम्सेना र परिन शाक्य प्रथम भएका छन् । तिम्सेना एक वर्ष समूहमा प्रथम हुन भने शाक्य दुई देखी पाँच बर्ष समूह अन्तर्गत प्रथम भएकी हुन् ।

तिम्सेनाले आफ्नो समूहका २८ जनालाई पछि पारेका थिए । उता शाक्यले भने आफ्ना समूहकी १३७ जनालाई उछिनेकी थिइन । शाक्य ललितपुर चाकुपाटकी हुन् ।DSC_0300

एक वर्ष उमेर समूहमा भक्तपुरकी गृष्मा सुवाल दोस्रो र कोटेश्वर काठमाडौँकी पूर्णिमा थापा तेस्रो भएकी छिन । यसैगरी इमाडोलकी सुप्रशना श्रेष्ठ, पाल्पा रामपुरका प्रशन्न पन्थ, नुवाकोटकी आर्शिया बज्राचार्य, काठमाण्डौ मनमैजुकी अञ्जली घिमिरे, भक्तपुरका राजश्री ढुंगेल र ताहचलका आर्यन श्रेष्ठले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।यता पाँच बर्ष उमेर समूहमा ताहाचलकी आयुश्री श्रेष्ठ दोस्रो र काभ्रे च्यासिङखर्कका कृपेश केसी तेस्रो भएका छन् ।

अस्पतालका अनुसार प्रतियोगिताका प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार र सान्तवनालाई दुई हजार रुपैँयाका दरले नगद पुरस्कार दिइने छ । त्यसैगरी प्रमाणपत्र, शिल्ड तथा अकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए ।

उनीहरुलाई आगामी शनिवार राजधानीमा हुने लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए टु को क्याविनेट बैठकमा पुरस्कृत गरिने लायन्सकी डिष्ट्रीक चेयर पर्सन तथा समितिकी संयोजक सुनिता प्रधानले जानकारी दिइन ।

प्रतियोगितामा बच्चाको तौल, उचाई, पोषण तत्वको प्रभाव लगायतलाई आधार बनाएर पहिलो, दोस्रो, तेस्रो र सान्तवनाका रुपमा छनौट गरिएको निर्णायक मण्डलमा सहभागी एम्स कलेजकी क्याम्पस प्रमुख मिरा खनालले जानकारी दिइन ।

अल्का अस्पताल र लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए टु को संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालले गत बर्षदेखी यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

IMG_20151128_100108

IMG_20151128_104508

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *