एनआरएनले तीन करोडको औषधि आज हस्तान्तरण गर्दै

0
Shares

नेपालीहेल्थ/काठमाडौँ, ८ मंसिर-

medicines-l

भारतीय नाकाबन्दी र मधेसीमोर्चाको आन्दोलनबाट भएको अत्यावश्यक औषधिको अभाव रोक्न गैर आवासीय नेपाली संघ (एनआरएन)ले पनि पहल थालेको छ । एनआरएनले आफ्नै पहलमा संकलित करीव तीन करोड रुपैया बराबरको औषधि मंगलबार ( आज) दिउसो चार बजे सरकारका प्रतिनिधीलाई हस्तान्तरण गर्दैछ ।

भारत बंगलादेश लगायतका मुलुकबाट एयर लिफ्टिङ गरी ल्याइएका औषधिहरुमा लाइफसेभिङ र इमरजेन्सी औषधिहरु बढी भएको जनाइएको छ । त्यस्तै अप्रेसनका लागि अत्यावश्यक उपकरण पनि सो सहयोगमा प्याकेजमा रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अत्यावश्यक औषधिको अभाव न्युनीकरण गर्न एनआरएनले सहयोग स्वरुप पठाएको औषधि आज प्राप्त हुने जानकारी दिए । उनले प्राप्त औषधि स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखामा पठाई आवश्यकताका आधारमा विभिन्न अस्पतालमा विरतण गरिने जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *