गर्भनिरोधक चक्कीको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक

अनिच्छुक गर्भधारणाबाट जोगिनका लागि बजारमा महिलाहरुले खाने धेरै किसिमका गर्भनिरोधक चक्कीहरु पाइन्छन । नचाहिने गर्भरहनबाट जोगिन यी चक्कीहरु महिलाहरुका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छ । त्यसैले पनि महिलाहरुले यसको प्रयोग गर्नेक्रम बढदै गएको छ । तर हालै गरिएको एक अध्ययनले धेरै गर्भनिरोधक चक्कीको अधिक प्रयोग महिलाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने देखाएको छ ।

वेलायत स्थित लिभरपुल युनिभर्सिटीको अनुसन्धानटोलिले हालै गरेको एक अध्ययन अधुसार अधिक गर्भनिरोधक चक्की सेवन गर्ने महिलाहरुको रोग प्रतिरोधी क्षमता घटछ । शरीरमा रोगसंग लडनका लागि रोगप्रतिरोधी तत्व ‘मेजर हिस्थोकम्पेटिविलिटि कम्पलेक्स’ ( एमएचसी ) नामक हार्मोन रहेका हुन्छन । तर गर्भनिरोधक चक्कीको सेवनले त्यसको संख्या क्रमस घटाउदै जान्छ । यसबाट महिलाहरुलाई अन्य रोग समेतले प्रभाव पार्न सक्छ । अनुसन्धानकर्ताहरु भन्छन, ‘रोगसंग लडनका लागि शरीरमा विभिन्न एमएचसी हुनु अनिवार्य हुन्छ । तर यो नै घटेपछि रोगले च्याप्दै जान्छ ।’

एक सय महिलाहरुमा गरिएको सो अनुसन्धानबाट महिलाहरुरु ले गर्भपतन र गर्भअवस्थाका बीचमा लामो समयसम्म खतरा बढाउन सक्ने देखाएको छ । त्यसैगरी अधिक सेवन गर्नेलाई प्रजनन स्वास्थ्य सम्वन्धी समस्या आउनसक्ने समेत देखाएको छ । चक्कीले महिलाहरुको रोग प्रतिरोधात्मक क्षमता घटाउदै जाने मात्रै होइन त्यसको असर ती आमाबाट पछि जन्मने सन्तानमा समेत देखिने बताइएको छ ।
अनुसन्धानकर्ताहरुले अनिच्छुक गर्भधारणाबाट जोगिनकाका लागि गर्भनिरोधक चक्कीको विकल्प सोच्न समेत सम्वन्धीत सरोकारवालालाई सुझाव दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *