भारतको नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा गम्भीर असर : नेपाल चिकित्सक संघ
भारतले गरेको अघोशित नाकाबन्दी र तराई आन्दोलनका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएको भन्दै नेपाल चिकित्सकले सरकारको ध्यानाकर्षण गराएको छ ।
उसले असन्तुष्ठ पक्षसंग तत्काल परिणाममुखी बार्ताको गरी जारी संकटलाई समाधान गर्न सरकारलाई सुझाव दिएको छ ।
संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्धारा जारी शनिबारको विज्ञप्तीमा नाकाबन्दी र तराईका विभिन्न भागमा भइरहेको आन्दोलनले इन्धन संकट गहिरिदै गएको र जसको प्रत्यक्ष असर अस्पतालले समेत भोगेको कुरा उल्लेख छ ।
नाकाबन्दी र इन्धन अभावकै कारण जनताले सहजरुपमा प्राप्त गर्नुपर्ने औषधि समेत नपाएको भन्दै स्वास्थ्य उपचार सेवामा समेत गम्भीर असर परेको उल्लेख गरेको छ ।