एन्टिबायोटिक रेसिस्ट्यान्स अर्थात ‘स्लो मुभिङ सुनामी’ र हाम्रा प्रयास

- नेपाली हेल्थ
डा. सतिशकुमार देव

रोग मुख्य गरी दुई प्रकारको हुन्छ । एउटा संक्रामक रोग (इन्फेक्सियस डिजिज) र अर्को संक्रामकरहित रोग (नन् इन्फेक्सियस डिजिज) ।
इन्फेक्सियस डिजिजका लागि एन्टीबायोटिक प्रयोग गर्नुपर्छ । किनभने यस्ता रोगहरु व्याक्टेरिया भाइरस र फंगसले हुन्छ ।

एन्टीबायोटिकको विकास क्रम हेर्ने हो भने सन् १९४३ मा पेनिसिलिन भन्ने एन्टीबायोटिक पहिलो पटक विकास भएको हो । त्यसपछि केही बर्ष भित्र नै केही एन्टीबायोटिकहरुले ड्रग रेसिस्ट्यान्स गर्न थाले ।

एन्टीबायोटिक रेसिस्ट्यान्स के हो ?

बारम्बार एन्टीबायोटिक प्रयोगको कारण जीवाणुले बंषाणुगत परिवर्तन (जेनेटिक म्युटेशन) गरी त्यो एन्टीबायोटिकसंग लड्न सक्ने क्षमता विस्तार गर्नु नै एन्टीबायोटिक रेसिस्ट्यान्स हो ।

जति एन्टीबायोटिकको प्रयोग गर्दै गयो यसको प्रयोगबाट व्याक्टेरियाहरुले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता उति बढी विकास गर्छ । अर्थात जुन रोगमा औषधि प्रयोग गर्दा पहिला सजिलै निको हुन्थ्यो तर पछि नहुने अवस्था रेसिस्ट्यान्स भनिन्छ र त्यो क्रम अहिले बढदो छ ।

यतिवेला हामीलाई मात्रै होइन संसारका विकसित मुलुकलाई पनि यो समस्याले पिरोली राखेको छ । कति व्यक्तिहरुमा त सबैखाले एन्टीबायोटिकहरुको रेसिस्ट्यान्स समेत देखिन थालेको छ । किनकी हाम्रा व्याक्टेरिया यति बलिया भइसकेकी उनीहरुलाई कुनै पनि औषधिले छुन नसक्ने भइसक्यो ।

ग्लोबल तथ्यांकले अहिले संसारमा हरेक ४५ सेकेण्डमा एक जना व्यक्तिको एन्टीबायोटिक रेसिस्ट्यान्सको कारण मृत्यु हुने गरेको देखाएको छ । यदि अहिलेको अवस्थालाई नियन्त्रण गर्न सकिएन भने एन्टीबायोटिक रेसिस्ट्यान्सको कारण सन् २०५० सम्ममा हरेक ३ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने भविस्यबाणी गरिएको छ ।

यसकारण वैज्ञानिकहरुले एन्टिवायोटिक रेसिस्ट्यान्सलाई  एचआईभी, इवोला भन्दा बढी भयावह समस्याको रुपमा चित्रण गरेका छन् ।

नयाँ एन्टीबायोटिक बनाउन धेरै गाह्रो जटिल र ठूलो रिसर्च गर्नुपर्ने र यसको पनि केही न केही सीमा रहने भएकोले भएको एन्टीबायोटिकको सहि उपयोग गर्नुनै अहिलेको आवश्यकता हो ।

एन्टीबायोटिक रेसिस्ट्यान्स किन हुन्छ ?

कुनै पनि विरामीलाई एन्टीबायोटिक दिँदा खेरी त्यो एन्टीबायोटिक दिएको केही समय पछि नै त्यो रोगको ‘ड्रग रेसिस्ट्यान्स’ विकास भइसकेको हुन्छ । त्यसको लक्षणहरु ठिक भइसकेको हुन्छ । तर सम्पूर्ण रुपमा व्याक्टेरियाहरु मरिसकेको हुँदैन ।

बाँकी रहेका व्याक्टेरियाहरुहरुले त्यहाँ बाच्नका लागि जुन कोषिस गर्छ र आफ्नो गुणलाई नै परिवर्तन गर्छ । त्यसले गर्दा एन्टीबायोटिक रेसिस्ट्यान्स हुन्छ । त्यसैले गर्दा चिकित्सकको सल्लाह बमोजिम एन्टीबायोटिक खाएको छ भने उसलाई आफ्नो लक्षण ठिक भएपछि पनि औषधि लिनुपर्छ । यसले गर्दा एन्टीबायोटिक रेसिस्टान्स हुने सम्भावना कम हुन्छ ।

एन्टीबायोटिक रेसिस्टयान्स कम गर्न नेपालमा के काम भइरहेको छ ?
डव्लुएचओका अलि अगाडीका डाइरेक्टर जनरलले एन्टीबायोटिक रेसिस्ट्यान्सलार्य यसरी परिभाषित गरेका छन् , ‘एन्टिबायोटिक रेजिस्टेन्स भनेको स्लो मुभिङ सुनामी’ हो ।

एन्टीबायोटिक रेसिस्टयान्सको क मगर्न काम त भएको छ तर नतिजा अपेक्षित आएको छैन । एन्टीबायोटिक रेसिस्टयान्सको लागि सन् २००० देखि काम भयो तर स साना टुक्रे कामहरु । तर त्यो एकीकृत  भएन र नतिजा पनि देखिएन । यसैकारण सन् २०१५ मा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले एन्टीबायोटिक रेसिस्टयान्सको लागि ग्लोबल एक्सन प्लान तयार गर्‍यो ।

ग्लोबल एक्सन प्लान भनेको एन्टीबायोटिक रेसिस्ट्यान्स बिरुद्ध लडनका लागि के के गर्दा उचित हुन्छ भनेर सोचेर बनाएको दस्तावेज हो ।

एन्टीबायोटिक रेसिस्ट्यान्स विरुद्ध ग्लोबल एक्सन प्लान बनिसकेपछि दोस्रो चरणमा डव्लुएचओले आफ्ना सदस्य राष्ट्रलाई यस सम्वन्धमा आ आफ्नो देशको नेशनल एक्सन प्लान बनाउन निर्देशन दियो ।

नेशनल एक्सन प्लानले ग्लोबल एक्सन प्लानले भनेका कुराहरुलाई आफ्नो देशमा कसरी कार्यान्वयन गर्ने भन्ने रणनीति तय गरेको हुन्छ । अहिले नेशनल एक्सन प्लान बनाउने क्रममा संसारका १३७ वटा राष्ट्र लागेका छन् र त्यसमा नेपाल समेत छ ।

हामीले बनाउन लागेको एन्टीबायोटिक विरुद्धको नेशनल एक्सन प्लान पाँच वर्षको लागि हुनेछ । यो एक्सन प्लानले चाँहि कुन कुन क्षेत्रमा काम गर्नुपर्छ भन्ने कुरामा मुख्य जोड दिएको छ ।

कसरी बनाइदै छ नेपालमा एन्टीबायोटिक रेसिस्ट्यान्स विरुद्ध नेशनल एक्सन प्लान ?

एन्टीबायोटिक रेसिस्टयान्स विरुद्धको नेशनल एक्सन प्लान बनाउँदै गर्दा यसमा आधारभूत रुपमा छ वटा रणनीतिलाई समेटिएको छ ।
१. जनचेतना
२ .सर्भिलेन्स
३.  र्‍यासनल युज ड्रग एण्ड स्टेवार्डसिप
४. इन्फेक्सन कन्ट्रोल एण्ड प्रिभेन्सन
५ . इनोभेसन
६ .वान हेल्थ कन्सेप्ट

१. जनचेतना : यो रणनीति एन्टीबायोटिक रेसिस्टयान्सबारे क कसलाई जनचेतना जागरुक गराउन पर्छ भन्ने कुरामा केन्द्रित छ । खासगरी राजनीतिक, नीति निर्माता, चिकित्सक, प्यारामेडिकल, साधारण जनतालाई पनि यसबारे जनचेतना जागरुक गराउनुपर्छ भन्ने रणनीतिको मुख्य उदेश्य हो । आम सञ्चारका माध्यम प्रयोग गर्ने, अन्तरक्रिया गर्ने, पाठ्यक्रम तयार गर्ने र स्कुल स्कुलमा पढाउने लगायतका कुराहरु पर्दछन् ।

एन्टीबायोटिक जथाभावी प्रयोग गर्नुहुँदैन । त्यस्तो गर्नेलाई नियन्त्रण गर्न अझ कडा नियम ल्याउनुपरयो भन्दै राजनीतिज्ञहरुलाई जानकारी गराउने लगायतका कार्यक्रम पनि यसमा समेटिएको छ ।

२. सर्भिलेन्स : खासमा एन्टीबायोटिकको प्रेस्किप्सन आइडियल सिचुएसनमा मानिसको रगत परीक्षण गरेपछि उसको शरीरमा कुन कुन व्याक्टेरिया छन् यो व्याक्टेरियालाई कुन कुन एन्टीबायोटिकले काम गर्छ भन्ने कुरा पत्ता लगाएर मात्रै गर्नुपर्छ । तर व्यवहारिक रुपमा यो सबैठाँउमा सम्भव छैन ।

जे का लागि र जसरी यो एन्टीबायोटिक लिएको छ त्यो सिस्टम अनुसार छ कि छैन ? त्यसैका लागि सर्भिलेन्स राखिएको हो । सर्भिलेन्स डेटाको आधारमा गर्नुपर्छ । अहिले एफएचआईले १३ वटा ठाँउमा यो कार्यक्रम गर्दैछ । नभएको ठाँउमा नयाँ बनाउने र भएको ठाँउमा पनि त्यसलाई अझ मजबुत बनाउने खालको छ ।

३. र्‍यासनल युज ड्रग  र  एन्टीबायोटिक स्टेवार्डसिप  : औषधिको सहि प्रयोग हुनुपर्छ । जति चाहिन्छ त्यति नै प्रयोग हुुनुपर्छ र त्यो भन्दा बढी प्रयोग भयो भने गलत हुन्छ । यसले साइड इफेक्ट गराउन सक्छ भन्ने कुरा उसले उजागर गर्दछ । एन्टीबायोटिक पनि दुरुपयोग हुनसक्छ ।

संसारमा सबैभन्दा बढी ‘मिसयुज’ हुने औषधि एन्टीबायोटिक नै हो । त्यसले गर्दा यसको सहि प्रयोग हुनुपर्छ भन्ने मान्यता रहेको छ । विभिन्न चरणमा विभिन्न चिकित्सक देखि विद्यार्थीहरुमा जानकारी गराई एन्टीबायोटिकको सही प्रयोग गर्नुपर्छ भन्ने हो । स्टेवार्डसिप भनेको एन्टीबायोटिकको प्रयोग गर्ने तरिका जो आवश्यकता भन्दा बढी प्रयोग नगर्न केके प्रयोग गर्न सकिन्छ भन्ने मेकानिजम हो ।

हाल मेडिकल काउन्सिलको सिपीडी मार्फत र्याशनल युज अफ ड्रग र स्टेवार्डसिपमा चिकित्सकहरुलाई तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

४. इन्फेक्सन कन्ट्रोल एण्ड प्रिभेन्सन : खासमा एन्टीबायोटिक के मा प्रयोग हुन्छ ? इन्फेक्सन नियन्त्रण गर्न । इन्फेक्सन केले गर्दा हुन्छ ? व्याक्टेरिया भाइरस फंगसले गर्दा । जो व्याक्टेरियाले इन्फेक्सन हुन्छ । यो त नियन्त्रण गर्न सकिने कुरा हो नि  इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल । यो भनेको सकेसम्म सबै ठाँउमा सरसफाई राख्ने । सर्जरी गर्दा कस्तो सावधानी अपनाउने ? सकेसम्म कम एन्टीबायोटिक प्रयोग गर्ने बाताबरण बनाउने लगायतका कार्यक्रम छ । हुनपनि साधारण ह्याण्ड सेनिटाइजरले पनि इन्फेक्सन धेरै नै नियन्त्रण हुन्छ । इन्फेक्सन कन्ट्रोल गर्ने र व्याक्टेरियल इन्फेक्सन हुन नदिने भन्ने नै छ ।

एन्टीबायोटिक रेजिस्टयान्स भनेको मानव स्वाथ्यको मात्रै कुरा भएन, यो कृषि, भेटनरी, बाताबरणसंग पनि जोडिने रहेछ ।

६ .वान हेल्थ अप्रोज :  अमेरिकामा के देखियो भने एन्टीबायोटिक रेसिस्टेन्सको हुनुको प्रमुख कारण कृषि देखियो । त्यहाँ तरकारी तथा खाद्यन्नबाट नै ८० प्रतिशत एन्टीबायोटिक रेसिस्टयान्स भएको पाइयो । त्यसैले यो क्रस कटिङ इस्यु पनि हो । यी सबैलाई समेटेर डव्लुएचओले जो अप्रोज गरको छ त्यसलाई वान हेल्थ अप्रोज भनिन्छ ।

अवको एन्टीबायोटिक अप्रोज भनेको वान हेल्थ अप्रोजबाट लडनुपर्छ भनेर नेपालले जति पनि एक्सन प्लानहरु बनेका छन् त्यसलाई सेक्टरल रुपमा विभाजन गरयो । यसले अब एन्टीबायोटिक रेसिस्टेन्टले बाताबरणलाई समेत छुट्याउने काम गर्छ । भेटनरी हेल्थमा छुट्याउने काम गर्छ र ह्युमन हेल्थमा छुट्याउने काम गर्छ ।

सारांशमा एन्टीबायोटिक रेसिस्ट्यान्सलाई चाँही अब एकदमै ठूलो आँखाले हेर्नु जरुरी छ । सरकारले बनाउँदै गरेको नयाँ एक्सन प्लानमा अन्य सेक्टरलाई समेत समेटने गरी अघि बढ्नुपर्छ भनेको हो । अर्को कुरा यसमा लगानी बढाउन जरुरी छ । अनुसन्धानमा लागि राख्नुपर्छ ।

# डा. देव त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा क्लिनिकल फर्माकोलोजी विभागका सह प्राध्यापक हुन् ।

थप समाचार

Loading...

One thought on “एन्टिबायोटिक रेसिस्ट्यान्स अर्थात ‘स्लो मुभिङ सुनामी’ र हाम्रा प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *