यी नौ वटा स्वास्थ्य संस्थाको विकास समिति संघीय सरकार अन्तर्गत रहने


काठमाडौँ, २६ पुस । सरकारले विकास समिति अन्तरगर्त सञ्चालित नौ वटा स्वास्थ्य संस्थालाई संघ अन्तर्गत राख्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले औचित्य र आवश्यकताका आधारमा ती स्वास्थ्य संस्थाको विकास समिति संघ अन्तरगर्त राख्ने निर्णय गरेको हो ।

त्यसरी संघ अन्तरगर्त रहने स्वास्थ्य संस्थाहरुमा कान्ति बाल अस्पताल महाराजगञ्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर रहेका छन् ।

यस्तै शहीद शुक्रराज ट्रपीकल तथा सरुवा अस्पताल, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मानसिक अस्पताल ललितपुर रहेका छन् ।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद अस्पताल र सिंहदरबार वैद्यखाना विकास समिति पनि संघ अन्तर्गत रहने भएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल बाँकेको विकास समिति पनि संघ अन्तरगर्त राख्ने प्रस्ताव पठाएको थियो । तर त्यो दुईवटालाई संघ अन्तगर्त नराख्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *