चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुन नपर्ने

काठमाडौँ, १८ पुस । सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्थाबाट मुक्त गरेको छ । आन्तरिक राजश्व विभागले गत १५ पुसमा निर्णय गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई भ्याट छुट हुने कुरा सार्वजनिक गरेको हो।

विभागको पत्रमा मुअ कर ऐन ( संसोधन सहित), २०५२ को अनुसूची १ कर छुट हुने बस्तु तथा सेवाहरुको समूह ५ मा स्वास्थ्य सेवालाई मुअक छुट हुने बस्तु तथा सेवामा समावेश गरेको हुँदा नेपाल सरकारले तोकेको सम्वन्धित परिषदमा दर्ता भएको चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा रहेर वा नरहेर वा स्वास्थ्य संस्था मार्फत स्वास्थ्य सेवा लिने सेवाग्राहीलाई प्रदान गरेको सेवा वा परामर्श सेवा स्वास्थ्य सेवा भएकाले यस सेवामा मूल्य अभिबृद्धि कर छुट हुने भन्ने उल्लेख छ ।

मुअ कर ऐन (संसोधन सहित), २०५२ को अनुसूची १ कर छुट हुने बस्तु तथा सेवाहरुको समूह ५ मा यस्तो छ व्यवस्था

त्यसो त विगतमा पनि डाक्टर तथा स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम थिएन तर बीचमा सरकारले यस्तो नियम ल्याएको थियो । डाक्टर तथा स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्दा त्यसको मार विरामीलाई पर्ने भन्दै विरोध गर्दै आएका थिए ।

‘स्वास्थ्य सेवामा लाग्दै आएको ५ प्रतिशत कर खारेजी भएका बेला फेरी भ्याटको कुरा आयो । इनकम ट्याक्स त तिरिएकै थियो । यसले चिकित्सकको शुल्क थप महंगो बन्ने निश्चित थियो,’ बरिष्ठ बालरोग विशेषज्ञ डा आरपी औधरीले अगाडी थपे, ‘सरकारको पछिल्लो निर्णयले हामीलाई राहत दिएको छ ।’

त्यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक भ्याट थोपरिएको भन्दै नेपाल चिकित्सक संघ लगायतका संगठनहरुले विरोध गर्दै आएका थिए ।

संघले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागसँगसमेत छलफल गरेर समाधानको माग गरे पनि कुनै पनि निकास नआएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएको थियो। सोही माग अनुसार विभागले नयाँ निर्णय भएको संघले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *