सूर्तिजन्य पदार्थको प्याकेटमा राखिने चेतावनीमुलक चित्रको प्रभाव यस्तो छ

काठमाडौँ, २३ मंसिर । चुरोटको प्याकेटमा छापिएको चेतावनीमुलक चित्रात्मक सन्देशका कारण सेवन दरमा ५५ प्रतिशतले कमी आएको एक सर्भेक्षणले देखाएको छ ।

सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको अभियानमा लाग्दै आएको संस्था एक्सन नेपालले चार बर्ष अघि देशका ९ जिल्लामा गरेको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो ।

उक्त संस्थाले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को कार्यान्वनय सुरु भएको एक बर्ष पछि यसको प्रभावकारिताको बुझ्न सर्भेक्षण गरेको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको स्वीकृतिमा विसं २०७१ पुसमा एक महिना लगाएर विभिन्न नौँ जिल्लामा सर्भेक्षण गरेको थियो । सर्भेक्षणमा मोरङ, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, कैलाली, बाँके र चितवन जिल्ला समेटिएको थियो ।

उक्त सर्भेक्षणमा २ हजार २५० जना सहभागी थिए । जसमा चुरोट सेवन कर्ता ६७० , चुरोट छोडेका १९३ र कहिल्यै चुरोट सेवन नगरेका १ हजार ३८७ जना थिए ।

नतिजा के आयो ?

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को कार्यान्वनय सुरु भएको एक बर्ष पछि गरिएको उक्त सर्भेक्षणमा सेवनकर्ताहरुले चुरोटमा राखिएका डरलाग्दा चित्रका कारण आफ्नो सेवनदरमा कमी भएको बताएका थिए ।

सर्भेक्षणमा सहभागी सेवनकर्ताले चित्रकै कारण दैनिक ११ खिल्ली सेवनबाट ५ खिल्लीमा झरेको बताएका थिए । उनीहरुमध्ये ५८.२ प्रतिशतले चित्रकै कारण आफूहरु चुरोट छोडने मनस्थितिमा पुगेको बताएका थिए ।

त्यस्तै सर्भेक्षणमा सहभागी पूर्वसेवनकर्ता मध्ये ९५.३ प्रतिशतले प्याकेटमा राखिएको चित्रकै कारण आफूहरुलाई पुन सेवन सुरु गर्नसक्ने सम्भावना टरेको बताएका थिए ।

चुरोट सेवन सुरु नगरेका करीव ९० प्रतिशत किशोर तथा युवाहरुले चित्रकै कारण आफूहरु सेवनको सुरुवात गर्नबाट जोगिएको बताएका थिए । ऐन अनुसार सरकारले १४ पुस २०७० देखी बजारमा आउने सबै सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत भागमा चेतावनीमुलक चित्रांकित सन्देश छाप्नुपर्ने व्यवस्था गरेको थियो ।

यस्तै नतिजा इन्डोनेसियामा पनि

सुर्तीजन्य पदार्थको प्याकेटमा राखिने चेतावनीमुलक चित्रअंकित सन्देशको प्रभावकारिताको सर्भेक्षण नेपालमा मात्रै होइन इन्डोनेसियामा समेत भएको थियो । त्यहाँको सरकारले सूर्तिजन्य पर्दाको प्याकेटमा ४० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्नुपर्ने व्यवस्था शुरु गरेको एक बर्ष पछि गरिएको अध्ययन्मा २७ प्रतिशतले कमि आएको पाइएको थियो ।

चित्र आउनु अघि दैनिक १५ खिल्ली चुरोट सेवन गर्नेले चित्र आएपछि ११ खिल्लीमा झरेको बताएका थिए ।

अध्ययनले जति ठूलो चित्र भयो त्यति नै बढी यसको प्रभावकारिता हुने निस्कर्ष निकालेको थियो ।

नेपालमा ९० प्रतिशत चित्रको कार्यान्वनय किन आएन ?
नियम अनुसार विसं २०७२ जेठ १ गते देखि नै नेपालमा विक्री वितरण हुने सबै सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र हुनुपर्ने थियो । तर नेपालको प्रमुख चुरोट उत्पादन गर्ने संस्था सूर्य नेपालको दादागिरी र सम्वन्धित सरकारी निकायको निरीहताका कारण यो लागू हुन सकेको छैन ।

पछ्ल्लिो समय नियमनमा निस्कनुपर्ने सरकारी अधिकारीहरु सर्बोच्च अदालतमा मुद्धा परेकोले कार्यान्वनयको विषयलाई थाती राखेको बताउँदै आएका छन् ।

तर सर्बोच्चले भने ९० प्रतिशत चित्रअंकित स्वास्थ्य संन्देश लागू गर्न कुनै व्यवधान नहुने गरी आदेश दिइसकेको छ ।

चित्रको साइज बढाउदै जाँदा र फरक फरक चित्रले त्यसको प्रभावकारीतामा समेत बृद्धि हुने सर्भेक्षणको निस्कर्ष थियो । सोही अनुसार नेपालले सूर्तिजन्य पर्दाथको प्याकेटमा राखिएको चित्रअंकित चेतावनीमुलक सन्देशको साइज ७५ बाट बढाएर ९० प्रतिशत पुरयाएको हो ।

बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि बनाएको कानून कार्यान्वनय गर्न सरकारी पक्षबाट देखाइएको यो उदासिनता आफैमा आश्चर्य लाग्दो देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *