स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक, नर्स, जनस्वास्थ्यका गरी १४३ जनाको पदस्थापन

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लोकसेवा आयोगको सिफारिसमा अधिकृत तहका १४३ जना स्वास्थ्यकर्मीहरुको पदस्थापन गरेको छ ।

पदस्थापन भएकाहरुमा ९३ जना मेडिकल अधिकृत, ३० जना नर्सिङ अधिकृत, ९ जना दन्त चिकित्सक, ५ जना स्वास्थ्य शिक्षा अधिकृत, ६ जना ल्यावका रहेका छन् ।

मन्त्रालयका उपसचिव बाबुराम लामिछानेले स्वास्थ्यकर्मीको अत्यावश्यक भएको ठाँउलाई प्राथमिकतामा राखि उनीहरुको पदस्थापन गरिएको बताए ।

‘हामीले सकेसम्म सबैलाई रोजाएका छौँ । मिलाएका पनि छौँ । तर दुर्गम र स्वास्थ्यकर्मी कम भएका स्थानमा अनिवार्य रुपमा पठाएका पनि छौँ,’ उनले भने ।

उनले यसअघि अध्ययन विदामा गएर चिकित्सक सेवा नपुगेका स्थानको विभिन्न ४३ वटा दरबन्दी सारेर त्यस ठाँउमा चिकित्सक पठाउने तयारी गरेको बताएका थिए ।

‘यसपटकको दरबन्दी व्यवस्थापनले रिक्त मध्ये कम्तीमा ८५ प्रतिशतमा चिकित्सक पुग्न सक्छन् । बाँकी १५ प्रतिशत त खाली नै हुन सक्छ,’ लामिछानेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक, नर्स, जनस्वास्थ्यका गरी १४३ जनाको पदस्थापन

  1. मंसिर ११ को निर्णयबाट अन्य पदसंगै ५ जना स्वास्थ्य शिक्षा अधिकृतको पदस्थापन भएको हो । जनस्वास्थ्य अधिकृतको त सेवा प्रवेश तालिम नै सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *