अपराध अनुसन्धानको सफलता पछि स्वास्थ्य अनुसन्धानमा कुकुरको प्रयोग

एजेन्सी । बेलायत र गाम्बियामा गरिएको एउटा अनुसन्धानले औलोका परजीबीले मान्छेको शरीरमा उत्पादन गर्ने यौगिकको गन्ध पत्ता लगाउन सक्ने क्षमता कुकुरमा भएको संकेत गरेको छ ।

अमेरिकन सोसाइटी अफ ट्रोपिकल मेडिसिन एण्ड हाइजीनको बार्षिक सम्मेलनमा प्रस्तुत गरिएको उक्त अनुसन्धान प्रतिवेदनले कुकुरसंग सुघेरै औलो रोग पत्ता लगाउन सक्ने क्षमता भएको हुनसंकेत संकेत गरेको छ ।

‘अहिले पनि विश्वको झण्डै आधा जनसंख्या औलोको जोखिममा छ । औलो भएको व्यक्तिको शरीरमा केही यौगिक बन्छन् भन्ने हामीलाई थाह छ । उनीहरुको सासमा वा रगतमा पनि । बास्तवमा यी गन्ध लामखुट्टेले पत्ता लगाउन सक्छन् । लामखुट्टेले जस्तै कुकुरले पनि ती गन्ध छुट्याउन सक्छन् कि भन्ने हाम्रो अनुमान हो ।’ अनुसन्धानमा नेतृत्व गरेको डुराम विश्वविद्यालयका प्राध्यापक स्टीभ लिन्डसेले भने ।

सो अनुसन्धानका लागि गाम्बियाका बालबालिकाबाट नमुना संकलन गरियो । उनीहरुले लगाएका नाइलनका मोजा बेलायत लगियो र परीक्षणमा प्रयोग गरियो । औलो भएका बच्चाका मोजा कुकुरले ७० प्रतिशत चोटी पत्ता लगाउन सके ।

अनुसन्धानकर्ताहरुले विमानस्थलहरुमा कुकुरले संक्रमित व्यक्ति चिन्न सक्छन र रोग नियन्त्रण गर्न सकिन्छ भन्ने निस्कर्षमा पुगेका छन् । तर त्यस्तो अभियानमा कुकरको प्रयोग गर्नु अघि थप अनुसन्धान आवश्यक भएको उनीहरुको निस्कर्ष छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *