बाग्मतीको स्वास्थ्य सचिव परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णयमा सर्बोच्च तँगारो, खड्काको पक्षमा अन्तरिम आदेश

काठमाडौँ, २५ बैशाख । सर्बोच्च अदालतले बागग्मती प्रदेशको स्वास्थ्य सचिव रहेका बद्री खड्काको जिम्मेवारी परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत १३ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्दा सो सूचीमा खड्का पनि परेका थिए । उनको ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कन्सलटेन्ट सर्जन डा प्रवीण श्रेष्ठलाई पठाइएको थियो ।

तर, खड्काले मन्त्रिपरिषद्को सो निर्णयविरुद्ध गत २१ बैशाखमा सर्बोच्चमा रिट दायर गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ , संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौँ , मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय बाग्मती प्रदेश हेटौडा , स्वास्थ्य मन्त्रालय बाग्मती प्रदेश हेटौडा र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिव पदमा सरुवा भएका डा. प्रविन श्रेष्ठलाई विपक्षी बनाई दायर रिटमा गत आइतबार सुनुवाई भएको थियो । सर्बोच्चका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा भएको उक्त सुनुवाई पछि विपक्षीका नाममा अन्तरिम आदेश र कारण देखाउ आदेश जारी भएको छ ।

सर्बोच्चको आदेशपछि खड्का पूर्ववत जिम्मेवारीमै रहेर मन्त्रालयको काम गरिरहेका छन् ।

यसअघि आफूलाई हटाउने १२ मंसिरको प्रदेश मन्त्रिपरिषद् बैठकबिरुद्ध पनि खड्का सर्बोच्च गएका थिए । त्यसबेला पनि सर्बोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *