जनस्वास्थ्य कार्यालय काठमाडौँले गर्‍यो धूमपान र मध्यपान विस्थापनका लागि युवा अभिमुखिकरण कार्यक्रम

56
Shares

काठमाडौँ, २५ बैशाख ।  जनस्वास्थ्य कार्यालय काठमाडौँले धूमपान तथा मध्यपान विस्थापनका लागि युवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जनस्वास्थ्य कार्यालयले काठमाडौँका विभिन्न युवाक्लवसंग मिलेर युवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

‘हामीले यो वर्ष २०० जना युवाहरुलाई धूमपान र मध्यपान विस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन ग र्‍यौँ यसको प्रभावकारिता हेरेर भविस्यमा थप विस्तार गर्न सक्छौँ,’ जनस्वास्थ्य स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले भने ।

उनले पछिल्लो समय नसर्ने रोग बढी रहेको र त्यसको प्रमुख कारक धूमपान तथा मध्यपान रहेको भन्दै त्यसविरुद्ध युवा परिचालन गरिएको बताए ।

जनस्वास्थ्य कार्यालय काठमाडौँकी जनस्वास्थ्य अधिकृत प्रवीना कर्माचार्यले काठमाडौँका विभिन्न पालिकामा रहेका युवाक्लवसंग मिलेर कार्यक्रम सञ्चालन गरिएको बताईन् ।

उनले बुढानीलकण्ठ नगरपालिका १० कपनको युवा परिषद्, पञ्चकुमारी समाज सिनामंगलमा मिर्मिरे युवाक्लव, सिनामंगल युथ एलायन्स, कामनपा ३१ नयाँ बानेश्वरको किङकम स्पोस्र्ट क्लव, देउराली क्लव, चौतारी क्लव र देशभक्ति युवा क्लव, कागेश्वरी मनोहराको स्वर्णीम स्वास्थ्य नेपाल लगायतका संस्थामा आवद्ध युवाहरुलाई प्रशिक्षित गरिएको बताईन् ।

धूमपान मध्यपान शारीरिक निस्कृयता जस्ता नसर्ने रोगको कारकहरुलाई न्युनिकरण गर्न युवाको भूमिका महत्वपूर्ण हुने भएकोले युवा लक्षीत कार्यक्रम गरिएको जानकारी दिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *