नर्सिङ लाईसेन्स परीक्षाको बार्षिक तालिका सार्वजनिक

204
Shares

काठमाडौँ, २५ बैशाख ।  नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले मंगलबार विसं २०८१ सालमा हुने प्रविणता प्रमाण पत्र तह (पीसीएल) र बीएस्सी नर्सिङ तथा विशेषज्ञ नर्सिङ र वीएमएस तर्फको परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

काउन्सिलको परीक्षा समितिका अनुसार पीसीएल र बीएस्सी नर्सिङ तर्फ १५ असार, १० कात्तिक र १० फागुन गरी २०८१ सालमा तीन पटक परीक्षा हुनेछ ।

यस्तै विशेषज्ञ नर्सिङ र बीएमएस तर्फको परीक्षा भने एक पटक मात्रै अर्थात १८ असारमा हुने बताइएको छ ।

नाम दर्ता (लाइसेन्स) परीक्षामा उत्तीर्ण भएका नर्सहरुले मात्रै बिरामीको उपचार तथा हेरचाहमा सहभागी हुन पाउने छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *