त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि नाम सिफारिस गर्न नयाँ सर्च कमिटि

काठमाडौँ, २२ असोज । त्रिभुवन विश्वविद्यालयले महाराजगञ्जस्थित शिक्षण अस्पतालको निर्देशकका लागि नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन गरेको छ । विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय कमिटि गरेको हो ।

कमिटिका सदस्यहरुमा प्राडा अभिमन्यु झा र सह प्राडा प्रदीप ज्ञवाली रहेका छन् ।

यसअघि गत जेठको पहिलो साता पनि निर्देशकको नाम सिफारिस गर्न त्रिविले डीन अग्रवालकै संयोजकत्वमा सर्च कमिटि बनाएको थियो । सो कमिटिमा प्राडा जीवन शेरचन र सहप्राडा रमेशसिंह भण्डारी सदस्य थिए । तर सो कमिटिले तीन महिना पछि आफूहरुले नाम सिफारिस गर्न नसक्ने भन्दै त्रिवि समक्ष पत्र पठाएको थियो ।

यसअघि गत जेठको पहिलो साता पनि निर्देशकको नाम सिफारिस गर्न त्रिविले डीन अग्रवालकै संयोजकत्वमा सर्च कमिटि बनाएको थियो । सो कमिटिमा प्राडा जीवन शेरचन र सहप्राडा रमेशसिंह भण्डारी सदस्य थिए । तर सो कमिटिले तीन महिना पछि आफूहरुले नाम सिफारिस गर्न नसक्ने भन्दै त्रिवि समक्ष पत्र पठाएको थियो ।

अघिल्लो कमिटि खारेज गरेको करीब एक महिना पछि त्रिविले प्राडा अग्रवालकै अगुवाईमा दोस्रो कमिटि गठन गरेको हो ।

‘हामीले गत साता नै नयाँ कमिटि बनाएका छौँ । यसले कहिले नाम सिफारिस गर्छ । त्यसपछि निर्देशक नियुक्तिको टुंगो लाग्छ,’ उपकुलपति प्राडा तिर्थ खनियाले भने ।

अघिल्लो कमिटिले नाम सिफारिस गर्न किन सकेन ?
त्रिवि कार्यकारीले गत ८ जेठमा प्राडा अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरेको थियो । तर अग्रवालले गत ६ भदौमा त्रिवि कार्यकारीलाई आफ्नो टिम नाम सिफारिस गर्न अक्षम रहेको व्यहोराको पत्र पठाएका थिए । त्रिविले उनको पत्रपछि सो टिमलाई विगटन गरेको थियो । अहिले पुन उनैको संयोजकत्वमा दुई जना नयाँ सदस्य राखेर टिम गठन भएको छ ।

त्यसबेला प्राडा वाइपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य, प्राडा दिनेश विनोद पोखरेल आदि पाँचको नाम मापदण्ड अनुसार मिलेकोले कमिटिले उनीहरुसंग अन्तरवार्ता समेत लिएको थियो ।

चार बर्ष पूर्ण कार्यकाल रहेका, बरिष्ठ प्राध्यापक, कार्यकुशलता, अनुभव आदि मापदण्ड बनाई आवेदन मागेको मागेको कमिटिले उनीहरुसंग अन्तरवार्ता समेत लिएको थियो । त्यसका आधारमा पहिलो दोस्रो र तेस्रो स्थानमा नम्बर ल्याउनेलाई सिफारिस गर्ने गरी मापदण्ड बनाइएको थियो । तर कमिटिका तीन जनाबीचमा नामका विषयमा एकमत नहुँदा सिफारिस गर्न नसकेको हो ।

अहिले त्रिविको निमित्त निर्देशकको जिम्मेवारी  आइओएमकी सहायक डीन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि नाम सिफारिस गर्न नयाँ सर्च कमिटि

  1. loktantra bhaneko natak tantra rahechh. aba ta prof. agrawal saksham bannechhan kinaki prof kc ko asirbaad paeko anubhav bhayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *