छुट्टा छुट्टै उम्मेद्धारी दिएका सरकार निकटका स्वास्थ्यकर्मीले बनाए एउटै समूह

काठमडौँ, ३ असोज । दुई समूहमा बाँढिएर उम्मेद्धारी दिएका सरकार निकट जनस्वास्थ्यकर्मीहरुले आगामी १३ असोजमा हुने जनस्वास्थ्य संघको निर्वाचनका लागि उम्मेद्धवारको एउटै आधिकारिक समूह बनाएका छन् । छुट्टा छुट्टै उम्मेद्धारी दिएका तत्कालिन नेकपा एमाले निकटका स्वास्थ्यकर्मी र माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको आज बसेको बैठकले एउटै आधिकारिक समूह बनाएका हुन् ।

आधिकारिक उम्मेद्धारमा अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा चित्रजंग शाही रहेका छन् । यस्तै सचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा रमेश भट्ट र सह कोषाध्यक्षमा डा नरेन्द्रकुमार झा रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ दुर्गा खड्का मिश्र, केशव चापागाई, कैलाश तिमिल्सिना, कैलाश श्रेष्ठ, कमल रानाभाट र बसन्त देवकोटालाई आधिकारिक उम्मेद्धवार भनिएको छ । यस्तै दुर्गा बजगाई, प्रजिता माली र डा बीरेन्द्रकुमार सिंहलाई समावेसी सदस्यको कोटाबाट आधिकारिक उम्मेद्धार भनिएको छ ।

यसअघि केन्द्रीय निर्वाचन समितिले ३० भदौमा उम्मेद्धारको सूचि प्रकाशित गरिसकेको छ । सो अनुसार दुबै समूहका उम्मेद्धारको नाम भने मतपत्रमा हुनेछ । तर यसमा आजको बैठकले दुई समूहका उम्मेद्धार भित्रैबाट आधिकारिक उम्मेद्धार बनाएको हो ।

प्रगतिशील समूहबाट यसअघि महासचिवको उम्मेद्धार बनेका डा झलक शर्मा गौतम भन्छन्, ‘आजको निर्णयपछि दुई वटा प्यानलबाट आधिकारिक उम्मेद्धारको सूचि तयार गरिएको छ । अव सबै प्रगतिशील साथीहरुले यहि आधिकारिक उम्मेद्धारलाई मतदान गर्नुहुनेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *