कवर्ड हलको चिसो भुईमा रात काटे डा. केसीले

काठमाडौँ, १७ असार । पन्ध्रौँ अनसनको पहिलो रात जुम्लाको खलंगास्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलको चिसो भुईमा काटेका डा गोविन्द केसीलाई स्थानीय प्रशासनले स्विकृति दिएमा आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिनेछ।

जुम्लाका नागरिक समाजका अगुवा तथा डा केसी समर्थकहरुले उनको स्वास्थ्यलाई विशेष ध्यान दिएर प्रशासनले प्रतिष्ठानमा अनसन बस्न दिनुपर्ने आवाज उठाएका छन् ।

आफ्नो १५ औँ अनशन प्रतिष्ठानमा शुरु गर्ने योजनाका साथ डा केसी शुक्रबार राती जुम्ला पुगेका थिए । उनी नपुग्दै स्थानीय प्रशासनले प्रतिष्ठान सहित सम्भावित विभिन्न स्थानमा अनशन तथा नाराजुलुस गर्न निषेध गरेको थियो ।

प्रतिष्ठानमा अनशन बस्न अवरोध सिर्जना भएपछि शनिबार दिउसो जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिन पुगेका डा केसीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको थियो । तर उनले प्रहरी नियन्त्रणमै रहेका बेला अनशन शुरु गरे ।

चर्को दवावपछि प्रशासनले अपरान्ह ५ बजे जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा लगेर छाडिदियो । उनले आफ्नो अनसन त्यहाँ पनि जारी राखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेन्टल सर्जन डा भुमेश काफ्लेले डा केसीले आज गएको रात कवर्ड हलको भुइमै काटेको बताए । उनले प्रशासनले दिएको खण्डमा डा केसीलाई आज प्रतिष्ठानमा सारिने जानकारी दिए ।

‘अहिले जुम्लामा चिसो बढेको छ । तर उहाँले चिसो भुईमै रात काट्नु भयो । हामीले बेड लगेका थियौँ । उहाँले बेडमा सुत्न मान्नु भएन । भुईमै सुत्नु भयो । हामीले दिएको ओड्ने कुरा समेत लिन मान्नु भएन आफैले काठमाडौँबाट ल्याएको पातलो च्यादर ओडेर रात काटनुभयो,’ डा काफ्लेले भने ।

स्थानीय प्रशासनले डा केसीको स्वास्थ्य अवस्था हेर्नका लागि भन्दै एक जना डाक्टर र नर्सको व्यवस्थ ागर्न प्रतिष्ठानलाई पत्र पठाएको छ । सोही अनुसार डा सन्दीप श्रेष्ठ र नर्स गुन्जन रावल डा केसीको स्वास्थ्य हेरचाहमा खटिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *