नेपालगन्जमा दुई कुष्ठरोगी भेटिए

नेपालगन्ज, ७ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा आज थप दुई जना कुष्ठरोगी फेला परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा सञ्चालन गरिएको निःशुल्क कुष्ठ रोग जाँच शिविरमा ती कुष्ठरोगी फेला परेका हुन् ।

नेपालगन्ज उपमहानगपालिका र जयसपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउन आएका १०४ मध्ये कुष्ठरोग भएका उनीहरुलाई निःशुल्क औषधि र आवश्यक परामर्श दिइएको छ ।

समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निःशुल्क उपचार र उनीहरुको पुनःस्थापना गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जयसपुर स्वास्थ्य चौकीका इन्चार्ज मधुकरमणि आचार्यले जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *