विभाग पुगेर ‘ब्रिफिङ’ लिए स्वास्थ्य मन्त्री यादवले

काठमाडौँ, २१ जेठ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सेवा विभागको गतिविधिबारे जानकारी गराइएको छ । स्वास्थ्य सेवा विभागमा आज आयोजित कार्यक्रममा महानिर्देशक डा.  गुणराज लोहनीले विभागीय ब्रिफिङ गरेका छन् ।

दिउसो साढे दुई बजे देखि करीब डेढ घण्टा चलेको ब्रिफिङमा विभागका विभिन्न महाशाखा, क्षेत्र र जिल्लाका गतिविधि कामको प्रगतिबारे जानकारी गराएका थिए ।

मन्त्री यादवले भने आफू स्वास्थ्यमा नयाँ भएकोले धेरै कुरा बुझ्न बाँकी रहेको बताएका थिए । उनले स्वास्थ्यका हरेक काम आम सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी उपलव्धगराउन सकिन्छ भन्ने बारेमा लक्षित हुनुपर्ने बताएका थिए ।

ब्रिफिङमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीको पनि उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *