ग्राण्डी अस्पतालबाट हाम फालेर बिरामीले गरे आत्महत्या

काठमाडौँ, १ बैशाख ।धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचाररत एक विरामीले हामफालेर आत्महत्या गरेका छन् । अस्पतालमा क्यान्सरको उपचार गराईरहेका १७ बर्षीय युवाले छैटौँ तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

अस्पताल स्रोतका अनुसार घटना शुक्रबार अपरान्ह साढे ५ बजे तिरको हो । आमा र बहिनीसंग सामान्य नयाँ बर्ष मनाउने विषयमा कुरा नमिलेपछि उनले एक्कासी झ्यालबाट हामफालेका हुन् ।

‘खासमा उनले आफ्नो आमासंग म भोली नयाँ बर्ष मनाउन साथीहरुसंग जान्छु भनेका रहेका छन् । तर आमाले अस्पतालमा भर्ना भएर उपचार गरेको मान्छे कहाँ नयाँ बर्ष मनाउन जानु भनेर भन्नु भएको रहेछ । त्यहि कुरामा आमा छोराबीच सामान्य असमझदारी उत्पन्न भएको रहेछ । त्यहिबीच आमाको फोन आयो र कुरा गर्न बाहिर निस्कदै गर्दा उनले हामफालेका रहेछन्,’ अस्पतालका उपचाररत अर्का एक विरामीका आफन्तले भने ।

अस्पतालले घटनालाई गुपचुप राखेको छ । ‘आज नयाँ बर्षको दिन यो नकारात्मक कुरालाई किन बाहिर ल्याउनु । परिवारले पनि यो कुरा बाहिर नआओस भन्ने चाहेको छ । त्यसै कारण यो कुरा बाहिर नल्यााइएको हो,’ अस्पताल उच्चस्रोतले भन्यो ।

महाराजगञ्ज प्रहरीले विरामीले हामफालेको विषयलाई पुष्टी गर्दै थप अनुसन्धान भइरहेको बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *