जाडोको बेला विहानीपख हृदयघात बढी हुनुको कारण के हो ?

डा. अनिल भट्टराई, मुटुरोग विशेषज्ञ

चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्यत दुईवटा कारण छन् । एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी ।

रक्तनलिहरु खुम्चिनु  :
जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ । जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ । भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ । त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ । र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ ।

भिटामिन डी को कमी :
चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ । यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ । यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ । मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।

जोगिन के गर्ने ?

  • जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने । बरु घाम लागेपछि उठ्ने ।
  • जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने
  • धूमपान नगर्ने
  • सकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा पनि जोड दिने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *