नेपाललाई पोषण अभियान सम्मान

काठमाडौँ, २७ कात्तिक । संयुक्त राष्ट्र संघको पोषण अभियान कार्यक्रमलाई अभिवृद्धि गर्ने कार्यमा सक्रिय र महत्वपूर्ण योगदान पु¥याएवापत नेपालले ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ प्राप्त गरेको छ ।

हालै आइभोरी कोष्टमा सम्पन्न कार्यक्रममा नेपाललाई उक्त सम्मान दिइएको हो । संयुक्त राष्ट्र संघले चलाएको स्केलिङ अप न्युट्रेसन(सुन)मा सन् २०११ देखि नेपाल आबद्ध हुँदै आएको छ । अभियानमा सहभागी विश्वका ६० मुलुकमध्ये नेपालसहित आठ मुलुकले उक्त सम्मान पाएको राष्ट्रिय योजना आयोगका स्वास्थ्य तथा पोषण क्षेत्र हेर्ने सदस्य प्रा डा गीताभक्त जोशीले जानकारी दिए ।

आयोगका अनुसार नेपालमा हरेक वर्ष कुपोषणले २५ हजार बालबालिकाको अकालमा मृत्यु हुने गरेको छ । आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले मुलुकमा विद्यमान कुपोषणलाई द्रुतगतिमा न्यूनीकरण गर्दै जाने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *