बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक माथि आक्रमणको प्रयास

काठमाडौँ, २३ असोज । महाकाली अञ्चल अस्पतालका चिकित्सकमाथि दुर्ब्यहार भएकै दिन हिजो नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत माथि पनि दुर्ब्यहार भएको छ ।

चिकित्सकहरुको संस्थाहरुले दुवै घटनाको भर्त्सना गर्दै दोषी माथि कारबाहीको माग गरेका छन् ।

धरानस्थित वीपीकेआईएसएचको सीसीयु आइसियुमा उपचाररत ७२ बर्षीया एक विरामीका आफन्तले उपचाररत डा. प्रदीप मण्डल र केही आवासीय चिकित्सक माथि दुर्ब्यहारको प्रयास गरेका हुन् ।

उपचारका क्रममा गरिएको प्रयास र अवस्था बारे आफन्तहरुलाई जानकारी गराउने क्रममा डा. मण्डल माथि अपशब्द सहित हातपातको प्रयास भएको बताइएको छ ।

यसअघि हिजै महाकाली अञ्चल अस्पतालका डाक्टर सत्य कोइराला माथि समेत विरामीका आफन्तले लापरबाहीपूर्ण उपचार भएको भन्दै आक्रमणको प्रयास गरेका थिए ।

नेपाल चिकित्सक संघ तथा डाक्टर सोसाइटी अफ नेपाल डीएसओएनले आज छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै चिकित्सक माथिको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले चिकित्सक तथा स्वास्थ्य संस्था माथि आक्रमण गर्ने उपर कडा सजाय दिन जेल वीथ आउट बेलको नीति छिटो पास गर्न समेत दवाव दिएका छन् ।

पछिल्लो समय लापरबाहीपूर्ण उपचारले ज्यान गएको भन्दै चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने क्रम बढेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *