सरकार र चिकित्सक संघबीच बार्ता हुँदै, आन्दोलन फिर्ता हुने सम्भावना बढ्यो

काठमाडौँ, ७ असोज । अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन फिर्ता लिने तयारीमा छ् ।

सरकारी प्रतिनिधि र चिकित्सकबीच बार्ताले आन्दोलन फिर्ता लिने निर्णय गर्ने सम्भावना छ । चिकित्सक संघका प्रतिनिधीहरु अहिले बार्ताका लागि स्वास्थ्य मन्त्रालयमा छन् ।

स्रोतका अनुसार सरकारले हिजो पठाएको पत्र पछि एनएमएले आन्दोलन फिर्ता लिने मनस्थिति बनाएको हो । ‘आजको आन्तरिक छलफलमा हिजोको पत्र पछि एक नम्बरको बुँदा( लापरबाहीपूर्बक उपचार गरेको भनि क्षतिपूर्ति भराउने व्यवस्था) कुरा क्लियर भएको छ । त्यसमा हाम्रो गुनासो छैन । जेल वीथ आउट बीलको विषयमा स्वास्थ्य मन्त्रीले प्रतिवद्धता जनाए आजै सबै कार्यक्रम फिर्ता हुन्छ ।दशै लागिसकेको अवस्था र सरकारले एक खालको स्पष्टिकरण दिइसकेको अवस्थामा लम्व्याउन हुँदैन भन्ने पक्षमा अधिकांश पदाधिकारीको मान्यता रहेको छ । केही युवा चिकित्सकहरुले भने आन्दोलनबाट फिर्ता नहुन भन्दै नेतृत्वलाई दवाव पनि दिएका थिए,’ एक जना सदस्यले भने ।

गत २ असोजको मन्त्रिपरिषदको बैठकपछि बोलेका सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालमा लापरबाहीपूर्ण उपचारले बिरामीको मृत्युहुने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्ने उदेश्यले क्षतिपूर्तिको व्यवस्था हुने कानून बनाउन निर्देशन दिने निर्णय भएको बताएका थिए ।

सो निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलन घोषणा गरेका हुन् । तर हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आएको निर्णय पत्रमा भने सञ्चारमन्त्रीले उल्लेख गरेजस्तो आशय देखिएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *