महाराजगञ्ज क्याम्पसले शुरु गर्ने भनेको बीडीएस कार्यक्रम स्थगित

काठमाडौँ, २६ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संंस्थान ( आइओएम ) अन्तरगर्तको महाराजगञ्ज चिकित्सा क्याम्पसले यसबर्षबाट शुरु गर्ने भनेको व्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) कार्यक्रम स्थगित गरेको छ ।

महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बीडीएस कार्यक्रम तत्काल स्थगित नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएपछि आइओएमले विशेष कारण जनाउदै स्थगित गरेको हो ।

आइतबारको मिति राखेर आइओएमका स्थानतक तह प्रवेश परीक्षा सञ्चालक समितिका सदस्य सचिवद्धारा जारी सूचनामा महाराजगञ्ज क्याम्पसको यसपटक देखि शुरु गर्ने भनिएको बीडीएस कार्यक्रम विशेष कारणबस स्थगित गर्नु परेको उल्लेख छ ।

यसअघि आइओएमले महाराजगञ्ज क्याम्पसमा यसबर्ष देखि २५ सिटमा बीडीएस कार्यक्रम शुरु गर्ने भनि गत विहीबार प्रवेश परीक्षाको लागि अनलाइन फारम भर्न सूचना निकालेको थियो ।

सो सूचना निकाले लगत्तै महाराजगञ्ज मेडिकल क्याम्पसको स्ववियूले विना तयारी बीडीएस शुरु गर्न लागेको भन्दै आपत्ती जनाएको थियो ।

स्ववियूले अरु कलेजलाई समेत मापदण्ड हेर्ने डिन कार्यालयले संगै रहेको क्याम्पसलाई विना कक्षा कोटा, विना प्राध्यापक र विना इलेक्टिक चियर बीडीएस कार्यक्रम शुरु गर्न दिएको भन्दै आपत्ति जनाएको थियो ।

स्ववियु सभापति डा गैरे भन्छन्, ‘कक्षा कोठा एउटा पनि छैन, प्राध्यापक १ जना मात्रै हुनुहुन्छ । इलेक्टिक चियर एउटा पनि छैन । तर बीडीएस कार्यक्रम शुरु गर्ने भनेर अनलाइन फारम भर्न आवहान भयो । हामीले विरोध गरयौँ । र खारेजीको लागि चौविस घण्टे अल्टिमेटम दियौँ । अहिले त्यो माग पुरा भएको छ ।’ उनले आफूहरुको अरु धेरै माग भएको भन्दै ती मागहरु पनि तत्काल पुरा हुनुपर्ने बताए ।

आइओएमका डीन प्राडा जगदीश अग्रवालले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *