मनमोहन सञ्चालक भन्छन्, ‘कलेज बेच्दैनौँ’

काठमाडौँ, ३१ साउन । मनमोहन मेमोरियल मेडिकल कलेज सरकारलाई नबेच्ने कुरा सञ्चालकहरुले दोहोरयाएका छन् । डा गोविन्द केसीको अनसन तोडाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मनमोहन मेडिकल कलेज सरकारले किन्न सक्ने बताएका थिए । तर सञ्चालक मध्येका एक डा. रामकुमार अधिकारीले मनमोहन मेडिकल कलेज अब आफूहरु नबेच्ने टुंगोमा पुगेको बताए ।

कलेज सञ्चालकहरुको २८ माघ २०७२ मा बसेको बैठकले बेच्ने निर्णय गरेको तर त्यतिवेला सरकारले नकिन्ने भनेको भन्दै अव भने आफूहरुले नबेच्ने बताए ।

‘यो देशमा १९ वटा निजी मेडिकल कलेज छन् । तर खुल्दै नखुलेको मेडिकल कलेजलाई चिकित्सा शिक्षा विगार्न लागेको बताइयो । २४ सय सेयर धनीले गरेको सानो सानो लगानीबाट सहकारीको नाममा खोलिएको कलेजलाई माफियाको लगानी भनियो । र डा केसी मनमोहन रोक्नकै लागि अनसन बसेको हो,’ अधिकारीले भने, ‘त्यसकारण पनि हामीले गरेर देखाउनुछ । हामी कलेज बेच्दैनौँ ।’

यता डा केसीले भने उपत्यकामा कम्तीमा १० बर्षसम्म नयाँ मेडिकल कलेज ल्याउन नपाइने व्यवस्था हुनुपर्छ भन्ने अडानमा छन् । गत साता संसदीय समितिद्धारा पारित विधेयकले काठमाडौँमा नयाँ मेडिकल थपिने भएको भन्दै डा केसीले विधेयकमा संसोधन नहुँदा सम्म अनसन नतोडने बताएका छन ्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *