हेलिप्याड सहितको १० तल्ले भवन बनाउँदै टिचिङ अस्पताल

काठमाडौँ, १ साउन । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले हेलिप्याडसहितको अत्याधुनिक १० तल्ले भवन निर्माणको गर्ने भएको छ। उक्त भवन भाटभटेनी सुपरमार्केटले निर्माण गरिदिने भएको हो ।

अस्पतालको ३५ बर्षिकोउत्सवको अवसरमा अस्पतालका निर्देशक डा. दीपकप्रकाश महराले सो कुरा बताएका हुन्। उनले भवन निर्माणका लागि अस्पताल र भाटभटेनी सुपर मार्केटबीच लिखित समझदारी भएको जानकारी दिए ।

नयाँ भवन इमरजेन्सीसंगै जोडिएको सुरक्षा गार्ड बस्न बनाइएको टहरो भत्काएर बनाइनेछ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना आमाबाबुका नाममा बनाइदिन लागेको यो भवनमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) मात्र सञ्चालन गर्ने योजना रहेको अस्पतालका निर्देशक डा. महराले बताए ।

‘हामीले चाहेर पनि अस्पतालमा यो सेवा विस्तार गर्न सकेका थिएनौं’ निर्देशक महराले भने,‘नयाँ भवनमा इएचएसका विरामीले मात्र पूर्ण रुपमा सेवा पाउनेछन् ’उनले भने ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनतालाई गुणस्तरिय सेवा पुर्याउने सरकारको उद्देश्यमा सहयोग गर्न अस्पतालको ठूलो भुमिका रहेको भन्दै सरकार अस्पताललाई आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए।

उनले भने , ‘जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा भन्ने सरकारको उद्देश्यमा सहयोग गर्न अस्पतालको ठूलो भुमिका छ। त्यसैले अस्पताललाई आवश्यक परेको सहयोग गर्न सरकार तयार छ। अहिले पनि सरकारले अस्पताललाई आफ्नो क्षमता अनुसारको सहयोग गर्दै आएको छ।’

यस्तै मन्त्री कार्कीले पछिल्लो समयमा मेडिकल शिक्षामा व्यापारीकरण हुँदै आएको भन्दै मेडिकल शिक्षालाई खरिदको साधन बनाउन नहुने बताए।

बिडिएस कार्यक्रम सञ्चालन गर्ने
बार्सिकोत्सव समारोह सहभागी हुन पुगेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डीन डा. जगदीश अग्रवालले जनताले गुणस्तरिय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आएको भन्दै आइओएमले कार्यक्रम विस्तार गर्न खोजेको जानकारी दिए ।

उनले यसै बर्ष देखि महाराजगञ्ज क्याम्पसमा बिडिएसको पढाइ समेत सञ्चालन गर्ने तयारी रहेको समेत बताए ।

उनले भने, ‘जनताले गुणस्तरिय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आएकोमा भोलीका दिनमा यसलाई अझ विस्तार गर्दै लाने हाम्रो लक्क्ष्य रहेको छ त्यसैले यसै बर्ष देखि बिडिएसको पढाइ समेत सञ्चालन गर्ने तयारी समेत हामी रहेका छौँ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *