बलत्कारकोआरोपमा पक्राउ परेका एमबीबीएसका बिद्यार्थीले पाए सफाइ

पाल्पा, २८ असार । किशोरी बलत्कारको आरोपमा पक्राउ परेका एमबीबीएसका बिद्यार्थी सरोज अधिकारीले सफाइ पाएका छन् । पाल्पा जिल्ला अदालतले उनलाई आज सफाइ दिएको हो ।

न्यायधिश भरतमणी खनालको एकल इजलासले बलत्कार भएको भन्ने आरोप पुष्टि हुने प्रमाण नपाएको भन्दै सफाइ दिएको हो ।

तानसेन बारुदखानका अधिकारीले गत १४ पुसमा छिमेकमा डेरागरी बस्ने १७ बर्षीय किशोरीलाई बलत्कार गरेको आरोप लागेको थियो ।सोही आरोपमा प्रहरीले उनलाई बैशाखमा पक्राउ गरी गत जेठमा जेल चलान समेत गरेको थियो ।

उनी लुम्बिनी मेडिकल कलेजका एमबीबीएस अन्तिम वर्षका बिद्यार्थी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *