एमडीमा भर्ना गरिदिने भन्दै चिकित्सकसंग ५५ लाख असुल्ने मन्त्रीका सहयोगी पक्राउ

काठमाडौँ, १५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा एमडी अध्ययनका लागि नाम निकालिदिने भन्दै चिकित्सक ठगी गर्ने नुवाकोटका सरोज केसी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले उनलाई शनिबार पक्राउ गरेको हो । केसी सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सचिवालयमा कार्यरत थिए ।

केसीलाई ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्धामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरिसकेको थियो । ३२ जेठ २०७३ मा उनलाई अदालतले एक बर्ष चार महिना १५ दिन कैद र सात लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फरार रहँदै आएका केसीलाई आइतबार रानीबारीबाट पक्राउ गरेर जेल चलान गरिएको सीआईबीकी एसपी मिरा चौधरीले बताइन् ।

नक्कली माइनुट देखाएर ५५ लाख असुल
नुवाकोट रावतबेसी घर भई काठमाडौँको गोंगवु बस्ने ३४ बर्षीया केसी लगातय चार जनाले डा मनोजकुमार साहलाई ठगी गरेका थिए । १० साउन २०७१ मा एमडी अध्ययनका लागि न्याम्समा दरखास्त दिएका साह प्रवेश परीक्षणमा अनुतिर्ण भएका थिए ।सो कुरा थाह पाए लगत्तै केसी लगायत व्यक्तिले नाम निकालिदिने भन्दै एक करोड रुपैयाँ मागेका थिए ।

नाम निस्किए आफू एक करोड तिर्न तयार भएको प्रस्ताव साहले राखे । न्याम्सको ४६ औँ शैक्षिक परिषदको बैठकले डा साहलाई छात्रबृत्ति कोटामा छनौट गरेको भनेर नक्कली माइनुट समेत बनाएका थिए । सोही माइनुट देखाएर उनीहरुले ५५ लाख रुपैया लिएका थिए ।तर माइनुट नक्कली भएको थाह पाएपछि डा साहले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

सो उजुरी पछि उनका सहयोगी तथा बीर अस्पतालका कर्मचारी दीपक मुडभरी राजेश कहा र रबी पौडेललाई समेत पक्राउ गरेको थियो । केसीलाई भने फरार प्रतिवादी बनाई मुद्धा दायर गरिएकोमा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

फरार रहेकै अवस्थामा सहरी विकास मन्त्रालयमा उनी नियुक्त भएका थिए । राजनीतिक संरक्षणमा रहँदै आएका केसीले पक्राउ पछि अपराध स्वीकारेका छन् । उनलाई जिल्ला अदालतले केन्द्रीय कारागार चलान गरेको सीआईबीले जनाएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *