एउटा सरकारी अस्पतालमा एक सय बढी नर्स भोलेन्टियर ?

काठमाडौँ, २९ बैशाख । निजी अस्पतालहरुले नर्स भोलेन्टियर राखे भन्ने आरोप लागि रहेका बेला सरकारी अस्पतालले समेत ठूलो संख्यामा भोलेन्टियर नर्स राखि श्रम शोषण गरेको पाइएको छ । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले एक सय भन्दा बढी नर्स भोलेन्टियरमा राखेर सित्तैमा काम गराएको हो ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले सो कुरा बताएकी हुन् । उनले भनिन्, हामीलाई लाग्थ्यो भोलेन्टियर निजी क्षेत्रमा मात्रै हो सरकारीमा छैन होला भन्ने तर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एक सय भन्दा बढी नर्सलाई भोलेन्टियर राखेको पाइयो ।

उनले भोलेन्टियर राखेको थाह पाएपछि मेसु डा श्रीकृष्ण श्रेष्ठको ध्यानाकर्षण गराएपनि उनले आफूहरुसंग दरबन्दी कम भएको र भर्खरै पास गरेकाहरुले अनुभवका लागि आउन चाहेपछि भोलेन्टियर राखेको जवाफ दिएको बताइन । यस बारेमा डा श्रेष्ठसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

प्रा तारा पोखरेल

अध्यक्ष पोखरेल नर्सिङ दिवस मनाई रहँदा नर्सको हक अधिकारको कुरा आउने भन्दै त्यसमा सरकार र जिम्मेबार निकायहरु गम्भीर नभएको जनाइन् । ‘न तलव राम्रोसंग दिएको छ, विरामी नर्स रेसियो मिलाएको छ । न त लवबी रुपमा राख्नैपर्ने नियम कार्यान्वयनमा ल्याएको छ ।आजको दिनमा नर्सिङ पेशामा लागेर विरामीको सेवा गर्दा हुने अनुभूति बाहेक नर्सका लागि केही पनि छैन्’ पोखरेलले भनिन् ।

उनले नर्सिङ क्षेत्र सुधारका लागि स्वास्थ्य मन्त्री गगन थापाले गठन गरेको समिति र त्यसले दिएको प्रतिवेदनमा पनि आपत्ती जनाईन् ।
‘त्यो समितिको कामै छैन न त त्यसले दिएको रिपोर्ट काम लाग्दो छ । मन्त्री ज्यूले समस्या समाधान गर्न भन्दा पनि सस्तो लोकप्रियता हासिल गर्ने मनसायले आफ्ना निकट केही व्यक्तिलाई राखेर गरेको समितिको केही तुक छैन । यसले समस्या समाधान गर्दैन्,’ पोखरेलले भनिन् ।

उनले २० हजार चिकित्सकका लागि मन्त्रालयमा छुट्टै महाशाखा छ तर ७१ हजार बढी नर्सका लागि एउटा महाशाखा नभएको भन्दै आपत्ति जनाईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “एउटा सरकारी अस्पतालमा एक सय बढी नर्स भोलेन्टियर ?

  1. Volunteer nurses are not required we have got enough posts and Mrs prof Tara Pokhrel is lier and I want to challenge for not sending Volunteer in our hospital.
    Dr shreekrishna shrestha.
    Medical superintendent.

  2. Lier? Do you mean liar?

    Mrs professor? It’s just professor

    Learn your language before you comment. It sounds stupid.

Leave a Reply

Your email address will not be published. Required fields are marked *