सुदूरपश्चिममा रगतको चरम अभाव, एक साता देखि व्लडबैंक रित्तै

कैलाली, १० फागुन । सुदूरपश्चिमको धनगडीमा रगतको चरम अभाव देखिएको छ । पछिल्लो एक साता यता धनगडीमा रगतको अभाव भएको हो ।

रक्तसञ्चार केन्द्र धनगढीले एक साता यता रगतको मौज्दात सून्य भएको जनाएको छ । नयाँले दिन नमान्ने र पुराना रक्तदाताको नियमित नहुने कारणले रगत अभाव भएको केन्द्रका प्रमुख धरणीधर पन्तले बताए ।

उनले भने, ‘रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुले रगतको अभाव भएको हो ।’

त्यसो त मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ ।

रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई युनिट र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ युनिट रगत वितरण गरेको जनाएको छ ।

मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताए ।

स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *