यो हो कण्डम गीत : ‘एड्स लाग्दैन हामीलाई बब्बाल काइदा, भन्टाङ भुन्टुङ हुँदैन डब्बल फाइदा’ (भिडियो सहित )

काठमाडौँ, ५ कात्तिक – कण्डमको महत्व बुझाई प्रयोगदर बढाउन भन्दै युवाहरुको एउटा समूहले कण्डम गीत (भिडियो सहित) बनाएका छन् । वी फर चेन्ज नामक समूहले बनाएको सो गीतमा स्वर र संगीत अल्मोडा राना उप्रेतीको छ । गायनमा उनलाई सुजाता बर्माले साथ दिएकी छन् ।

condom song

दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौँ भन्ने नाराका साथ २२ औँ राष्ट्रिय कण्डम दिवस मनाउँदै गर्दा सार्वजनिक गरिएको गीतमा शव्द पनि नारा सुहाउदो छ ‘एड्स लाग्दैन हामीलाई बब्बाल काइदा, भन्टाङ भुन्टुङ हुँदैन हामीलाई डब्बल फाइदा ‘

‘वी फर चेन्ज’समूहका सदस्यहरुको अभिनय रहेको सो गीतको भिडियो ३ मिनेट ३४ सेकेण्डको छ । राष्ट्रिय कण्डम दिवसको अवसरमा शुक्रबार दिउसो टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको हलमा भएको एक औपचारिक कार्यक्रममा स्वास्थ्यसचिव डा.सेनेन्द्रराज उप्रेतीले सो गीतको अनावरण गरेका थिए ।

हेरौँ, कण्डम गीत

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *