पत्रपत्रिकामा स्वास्थ्य

मनमोहन सेन्टरमा गरियो ३७ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया

काठमाडौँ ९ भदौ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३७ हप्ताको गर्भवतीको अत्यन्तै दुर्लभ र जटिल मानिने मुटुको शल्यक्रिया सफल भएको छ । बिहीबार बिहान १० बजेबाट सुरु गरिएको उक्त शल्यक्रिया बेलुका ५ बजे मात्र सकिएको थियो ।

दुर्घटनाका घाइते अस्पतालमा बन्दी

काठमाडौँ, ७ भदौ । चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा

खाडी मुलुकका कोमामा रहेका २२ नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौँ, ६ भदौ । के सोचें मैले, के भयो अहिले’ भन्ने गीतझैं भएको छ, २२ नेपालीको जीवन। आफ्नो तथा परिवारको खुशीका लागि वैदेशिक रोजगारीमा गएका २२ नेपाली अहिले कोमामा छन्। सरकारले उनीहरूलाई स्वदेश फर्काउने तयारी गरेको छ।

उपचार नै नगरी ग्राण्डीले १ लाख ८० हजार शुल्क लिएको आरोप

काठमाडौँ, २९ साउन । दाङ घोराहीकी रुद्रा पुन साउन १३ गते तरकारी केलाउँदै गर्दा हृदयघातका कारण बेहोस भएपछि परिवारका सदस्यले काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा फोन गरे ।

छोरीलाई जन्मनै निषेध : पढेलेखेका र क्रान्तिकारी भनिएका पनि छोरा नै चाहन्छन्

काठमाडौँ, २९ साउन ।  नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

एउटा मेडिकल कलेजको सम्पत्ति डेढ अर्ब, किन्ला त सरकारले ?

काठमाडौँ, १० साउन ।  निजी मेडिकल कलेजलाई सरकारीकरण गर्दा कति लगानी लाग्छ भन्नेमा विभिन्न अनुमान छन् । तर, एमबिबिएस र बिडिएस कक्षाको शुल्क पुनरावलोकन गर्न २६ असार ०७३ मा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा शिवकुमार राईको संयोजकत्वमा सरकारले गठन गरेको उच्चस्तरीय समितिले दुई वर्षअघि नै मेडिकल कलेजको सम्पत्ति मूल्यांकन गरिसकेको छ ।

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौं २९ असार । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् ।

मेडिकल कलेज खोल्न रोकिन्न : प्रधानमन्त्री ओली

काठमाडोँ, २४ असार । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको