शिक्षण अस्पतालमा उपचाररत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीको स्वास्थ्यमा सुधार

काठमाडौँ, ९ असार । निमोनिया भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको स्वास्थ्यमा सुधार आएको छ ।
सुधार कै कारण गत शनिबार बेलुका उनलाई आईसीयूबाट वार्ड तर्फ सारिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।
‘शनिबार बेलुका नै हामीले आईसीयूबाट वार्डमा सारेका हौँ । अहिले धेरै राम्रो छ । अहिले अक्सिजन पनि दिनु परेको छैन । अब दुई दिन जतिमा डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा सम्लग्न बरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने ।
डा. बाराकोटीलाई एक्युट निमोनिया भएपछि गत ३ असारका दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



