एमबीबीएस दोस्रो वर्षका विद्यार्थी सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्।
२२ वर्षका खनाल असार २० गते होस्टलबाट बाहिर निस्किएको र त्यसयता सम्पर्कमा नआएको बताइएको छ।
उनको खोजीमा परिवार र विद्यार्थी कल्याण समाज सक्रिय छन्।
उनी बेपत्ता भएको पुष्टि भएपछि समाजले सार्वजनिक अपिल जारी गर्दै उनलाई कतै देखेमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
यदि कसैले सुगम खनाललाई देखेमा निम्न फोन नम्बरहरूमध्ये कुनै एकमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
९८४७०६३२२८
९८४७२९५५१४
९८४४४२०५३५
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



