चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

52
Shares

काठमाडौँ, ४ असार । सरकारले रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले सार्वजनिक सुचना जारी गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको छ ।

उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *