स्वास्थ्य मन्त्री प्रदीप पौडेल बिरामी, वीर अस्पतालमा उपचार हुँदै

1.1k
Shares
प्रदीप पौडेल

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बिरामी भएका छन् । उनको वीर अस्पतालमा उपचार भई रहेको छ । अस्पताल स्रोतका अनुसार ज्वरो आएपछि उनलाई हिजो बेलुका वीर अस्पताल ल्याइएको थियो ।

‘ज्वरो आएको हो । के कारणले आयो हामी परीक्षण गर्दै छौँ । सबै रिपोर्ट आईसकेको छैन । आए पछि मात्रै भन्न सकिएला,’ अस्पताल स्रोतले भन्यो ।

अघिल्लो साता पनि उनी रुघा खोकी र ज्वरोको समस्यामा परेका थिए । केही दिन उनी मन्त्री क्वाटरमै बसेर स्वास्थ्य लाभ समेत गरेका थिए । तर सुधार भएपछि उनी थाइल्याण्डको बैंकक पुगेर मन्त्रीस्तरीय एक बैठकमा भाग समेत लिएका थिए । शुक्रबार विहान स्वदेश फर्किएका उनी पुन अस्वस्थ भएका हुन् ।

वीरको भीआईपी क्याविनमा उनको उपचार भईरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *