नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना

काठमाडौँ, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।
दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।
विस्तृत विवरण आउन बाँकी…
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



