मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा शत्रुधन प्रसाद सिंह नियुक्त

80
Shares

काठमाडौँ, २५ जेठ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन प्रसाद सिंह नियुक्त भएका छन् ।

मधेस प्रदेशमा शुक्रबार नयाँ मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएसंगै सिंह स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन् ।

त्यस्तै, केशव राय स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मधेस प्रदेशमा जनमत पार्टीका सांसद् सतिशकुमार सिंहको नेतृत्वमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले कार्य जिम्मेवारीसहित शुक्रबार नै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन्।

सरकारमा सहभागी हुने ६ दलहरूमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ तथा नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एकरएक मन्त्रालय भागबन्डामा परेको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *