आइओएममा खुल्यो प्राध्यपक, उपप्राध्यापक र प्रशिक्षक तहको जागिर

8
Shares

काठमाडौँ, ३२ साउन – त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम र बायोटेक्लोलोजी केन्द्रीय विभाग कीर्तिपुरको निम्ति विभिन्न तीनवटा पदका लागि दरखास्त आवहान गरेको छ ।

कार्डियोथोरासिक भास्कुलर सर्जरी, कार्डियोथोरासिक एनेस्थेसिया र भाइरोलोजीमा उपप्राध्यापक तहको दरखास्त आवहान गरेको हो ।

त्यस्तै आयोगले आइओएम अन्तर्गर्तका क्याम्पसका लागि परिबार स्वास्थ्य तथा पोषण, पिडियाट्रिक्स र एनेस्थेसियोलोजी पदको प्राध्यापक तहमा आन्तरिक प्रतिस्पर्धा गराउने गरी दरखास्त आवहान गरेको छ ।

आन्तरिक प्रतिस्पर्धाद्धारा नै उपप्राध्यापक तहको जनरल सर्जरीका लागि एक जना र कम्युनिटी मेडिसिन प्रशिक्षक पदमा पनि एक जनाका लागि दरखास्त आवहान गरेको छ । सबै पदमा आगामी ७ भदौसम्म फारम भर्न र दोव्वर दस्तुर तिरेर १४ भदौसम्म दरखास्त दिन सकिने त्रिविले जनाएको छ ।

हेर्नुहोस विज्ञापन

bigyapan

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *