मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा शर्मा

0
Shares

काठमाडौ, १२ कात्तिक

नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा दिलीप शर्मा नियुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको मन्त्रिस्तरीय बैठकबाट डा शर्मालाई ४ बर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

डा. दिलिप शर्मा
डा. दिलिप शर्मा

काउन्सीलका रजिष्टार नीलमणी शर्माको चार बर्षे पदावधी गत ७ कात्तिकमा सकिएको थियो । बीरेन्द्र शैनिक अस्पताल छाउनीमा एनेस्थेसीया विभागमा कार्यरत शर्माले २०६८ कात्तिक ७ मा चार बर्षका लागि नियुक्त भएका थिए ।

बीर अस्पतालका बरिष्ट कलेजो रोग विशेषज्ञ डा शर्मा प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक समेत हुन् । नवगठित सरकारको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री छानिएको छैन । स्वास्थ्य मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओली आफैले लिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *