मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा शर्मा

काठमाडौ, १२ कात्तिक

नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा दिलीप शर्मा नियुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको मन्त्रिस्तरीय बैठकबाट डा शर्मालाई ४ बर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

डा. दिलिप शर्मा
डा. दिलिप शर्मा

काउन्सीलका रजिष्टार नीलमणी शर्माको चार बर्षे पदावधी गत ७ कात्तिकमा सकिएको थियो । बीरेन्द्र शैनिक अस्पताल छाउनीमा एनेस्थेसीया विभागमा कार्यरत शर्माले २०६८ कात्तिक ७ मा चार बर्षका लागि नियुक्त भएका थिए ।

बीर अस्पतालका बरिष्ट कलेजो रोग विशेषज्ञ डा शर्मा प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक समेत हुन् । नवगठित सरकारको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री छानिएको छैन । स्वास्थ्य मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओली आफैले लिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *