लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सुदूरपश्चिमाञ्चलबाट १३ जना स्टाफनर्सले नाम निकाले

4.4k
Shares

काठमाडौँ, २७ साउन –लोक सेवा आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायलले गत २५ बैशाखमा लिएको स्वास्थ्य सेवा जनरल नर्सिङ तर्फ स्टाफ नर्स पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल ४ पदका लागि लिएको परीक्षामा ९९ जनाको सहभागीता रहेको थियो । आयोगले अन्र्तरबार्ताका लागि १० जनाको नाम छनौट गरेको छ ।

त्यस्तै गत २२ बैशाखमा लिएको स्वास्थ्य सेवा समूह अन्तर्गत पव्लिक हेल्थ नर्स पद पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । १ पदका लागि लिइएको परीक्षामा १७ जनाको सहभागीता थियो । आयोगले लिखितमा तीन जनाको नाम निकालेको छ । आयोगले उत्तीर्णहरुका लागि अन्तरबार्ताको मिति २६ भदौका लागि तोकेको छ ।

स्टाफ नर्स पद पाँचौ तह :

nuressp copy

पव्लिक हेल्थ नर्स पद पाँचौँ तह :

nursesp1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *