भूकम्पले अस्पताल भवन हल्लिँदा नवजात शिशुलाई जोगाउन नर्सहरुको यस्तो प्रयास (भिडियो)

720
Shares

एजेन्सी ।  ताइवानमा बुधवार बिहान शक्तिशाली भूकम्प जाँदा अस्पतालमा नवजात शिशुलाई जोगाउन गरिएको दृश्य देखिने भिडिओ एक नर्सले सार्वजनिक गरेकी छन्।

भिडियोमा प्रसूतिगृहका चार कर्मचारीले भवन हल्लिन थालेपछि भर्खर जन्मिएका बच्चाहरू राखिएका शय्यालाई हल्लिन नदिने प्रयास गरेको देखिन्छ।

झ्याल फुटेर बच्चाहरूलाई चोट लाग्छ कि भनेर उनीहरू डराएका थिए।

उनीहरुको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले उनीहरुले ज्यानको बाजी थापेर नवजात शिशु जोगाएको भन्दै प्रशंसा गरेका छन् ।

हेर्नुहोस भिडियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *